सिन्धुलीका जीवन सिंजालीले रू.९,०००/-सहयोग लोक गायन प्रतियोगितालाई गरे,आखिर किन?


एकल लोक गायन प्रतियोगितामा जीवन मगरले गर्ने भए ३ जनालाई हौशला स्वरुप रू.९,०००/- सहयोग गरेको मगरात नेपाल डटलाइ खेल संयोजक अनिल लामिछाने मगर रूपन्देही हाल कोरियावाट जानकारी दिनुभएको छ।

सिन्धुली घर बसाई महालक्ष्मी-७,चापाथली, ललितपुर हाल पोर्चुगल यूरोपमा बस्दै आउनु भएका समाजसेवी/मनकारी लाफा जीवन सिंजालीमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मौलिक एकल लोकगायन प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल २१८ जना प्रतियोगी मध्य आफुलाई मन परेको ३ जना प्रतियोगीलाई रू.३/३ हजारको डरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.९,०००/- (नेपाली रुपिया नौ हजार )रकम उहाले सहयोग गर्नुभएको छ।

उहाको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवार हार्दिक आभार ब्याक्त गर्दछौं।
अनिलको भनाइ अनुसार उक्त प्रतियोगिता मगर संसार (magar sansar) Photo gallery ग्रुप भित्र यही जेठ ६ गते बाट सुरु भई जेष्ठ ११ गते सम्पन्न हुने र बिश्व भरीका २१८जना मगर लाफाको सहभागि रहेको जानकारी हामिलाई गर्नुभयको छ।

(Note:- भाग्यमानी ११ जना प्रतियोगिको नाम भने जेष्ठ१२ गते सोमबार दिनमा सार्बजनिक गरीने)
मगर संसार फोटो ग्यालरी एडमिन परिवार

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar