चिनिया जनमुक्ती सेनाले आफ्नो भूमिमा प्रवेश गर्न खोज्ने भारतीय सेनाको टोली नियन्त्रणमा लियो


एजेन्सी । भारत र चीनबीचमा पछिल्ला केहीदिनमा सीमा विवाद बल्झिएको छ । चिनियाँ सेनाले आफ्नो भूमिमा प्रवेश गर्ने भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएको खुलेको छ ।

लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई बुधबार हतियारसहित नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इण्डो तिब्बतीयन बोर्डर पुलिसको टोलीलाई चिनियाँ जनमुक्ति सेनाले नियन्त्रणमा लिएको हो ।

भारतीय सुरक्षाफौजको प्रवेश बढ्न थालेपछि चीनले सीमा क्षेत्रमा आफ्नो उपस्थिति बाक्लो बनाएको छ । भारतले भने चीनले घुसपैठ गरेको आरोप लगाएको छ । चीनले भारतीय सुरक्षाफौजका उत्तेजक गतिविधि बढेको दावी गरेको छ ।

भारतीय सेनाले समाचारमा सत्यता नभएको जनाएको छ । चिनियाँ सेनाले भने हतियार राखेर भारतीय सुरक्षाकर्मीलाई रिहा गरिएको जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar