थप १९ जनामा कोरोना संक्रमण, कोरोना भाइरस संक्रमितको सख्या ६०३ जना पुग्यो


काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङका १ जना पुरुष, बाराका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६ जना, कपिलबस्तुका ३ जना, काठमाडौंका १ जना, नुवाकोटका १ र गुल्मीका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar