कोरोना भाइरस संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित


काठमाडौं – पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ ।

एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो । गत जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar