थपिए ७ जना संक्रमित:कोरोना भाइरस संक्रमितको संख्या ६८२ पुग्यो


काठमाडौं । विभिन्न जिल्लामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा ७ जना संक्रमित थपिएको जानकारी दिए ।

नयाँ संक्रमितमा मेल्लेख अछामका एक पुरुष, बर्दिया गुलरियाका तीजना पुरुष र पर्साका दुई जना पुरुष रहेका छन्। अर्का एक संक्रमित पर्साकै मृतक व्यक्ति रहेका छन् ।

संक्रमितमध्ये एकजना पहिल्यै मृत्यु भएका व्यक्ति हुन् । उनको पर्साको वीरगञ्जमा मृत्यु भएको थियो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar