सरकारले निजी क्षेत्रको ५ %को ब्याजदर माग पूरा


काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित निजी क्षेत्रका व्यावसायीले उठाउँदै आएको ५ प्रतिशत ब्याजदरको माग सम्बोधन गर्ने भएको छ ।व्यवसायीले आफूहरुको व्यापार चौपट भएको भन्दै राहतका लागि सरकारले ५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्नु पर्ने माग गर्दै आएका थिए ।

५ प्रतिशत ब्याजमा ऋणको व्यवस्था गर्न सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन

आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत सरकारले यस्तो कर्जाको व्यवस्था गर्ने घोषणा गरेको छ ।

यसका लागि सरकारले १३ अर्ब ९६ करोड रकम विनियोजन गरेको बताएको छ । यस्तो व्यवस्था बैंकिङ कर्जाको पुर्नकर्जामा प्रदान गरिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

यो पनी पढौं:थपियो अर्को राष्ट्रिय गौरवको आयोजना सिन्धुली सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ४६ करोड बजेट
कोरोना भाइरस महामारीको क्षतिपूर्ति चीनलाई तिराउने सोच्नु दिवासपना हो: चिनियाँ विदेश मन्त्री

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar