पर्सामा २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो


पर्सा जिल्ला थप २ जना कोरोना पुष्टी, संक्रमितको सख्या १०० जना पुग्यो

पर्सा – पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि भएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । 

नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट ६० वर्षीया महिला र १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । 
 
संक्रमितहरुलाई नारायणी अस्पतालबाट कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । 

शनिबार संक्रमण पुष्टि भएका दुवै जना जेठ १३ गते भारतको मुम्बई र उत्तर प्रदेशबाट आएका थिए ।  

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar