माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जनाको मृत्यु

कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय भुवन बोहराको मृत्यु भएको छ भने सोही ठाउँकी ४० वर्षीया दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बोहराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको र घाइते मन्नीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
यो पनि पढौभक्तपुरमा एटिएम फुटाउदै गर्दा एक जना तमाङ पक्राउ
विश्वमा कोरोना भाइरसवाट ३ लाख ६२  हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar