थप संक्रमितको १६६,संक्रमितको कुल संख्या १,५६७ जना ,घर फर्कनेको संख्या २२० पुग्यो


काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका १६६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको जानकारी दिए ।

नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दैलेख र बाजुरामा दुईजनाले कोरोना भाइरसबाट ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार काठमाडौं, गुल्मी र डडेलधुरामा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।
यो पनि पढौ:वजेटले प्रकृतिमैत्री र समाजमुखी विकासको ढाँचालाई बजेटले आत्मसात गर्न सकेन: नारायणकाजी श्रेष्ठ ‘प्रकास’
‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’:अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई’लालधोज’
संसदमा नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक पेस

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar