श्वास फेर्ने समस्याबाट गर्भवती ४० वर्षिय महिलाको मृत्यु


रासस
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।  महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । 
यो पनि पढौ:थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमितको संख्या १७९८ पुग्यो,फैलियो५९ जिल्लामा कोरोना
विभिन्न जिल्लाका १३ सिडिओको सरुवा,४४ कर्मचारी सरुवा को कहाँ ? (सूचीसहित)

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar