निजी क्षेत्रलाई उपेक्षा गरेर नभई सहकार्य गरेर अघि बढ्ने सरकारको नीति:उर्जा वर्षमान पुनमगर’अनन्त’

नेपाल सरकारका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाइ समिती सदस्य माननिय ऊर्जा जलस्रोत तथा सिचाइ माननीय मन्त्री:वर्षमान पुन मगर अनन्त

काठमाण्डौ: ऊर्जा, जलश्रोत तथा सिंञ्चाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ले निजी क्षेत्रलाई निरुत्साहित गर्ने सरकारको नीति नभएको स्पष्ट पारेका छन्।

आर्थिक वर्ष २०७७/०७८ को बजेटबारे सुझाव दिन सोमबार मन्त्रालयमा आएका निजी जलविद्युत आयोजना प्रवर्द्धकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईं नेतृत्वको प्रतिनिधि मण्डसँगको भेटमा मन्त्री पुनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने भन्दै निराश नहुन आग्रह गरेका हुन् ।

“सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्दैन ऊर्जा, जलश्रोत तथा सिंञ्चाइमन्त्री वर्षमान पुन मगर अनन्त”

निजी क्षेत्रलाई उपेक्षा गरेर नभई सहकार्य गरेर अघि बढ्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।  मन्त्री पुनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकार तथा निजी क्षेत्र दुवै असहज अवस्थामा रहेको र अप्ठेरोकै बीच आगामी आर्थिक वर्षको बजेट आएको चर्चा गर्दै मिलेर परिस्थितिको सामना गर्नुपर्ने विचार व्यक्त गरे ।

‘महामारीको प्रभावका कारण सरकार र निजी क्षेत्र दुवै अप्ठेरो अवस्था छ’, मन्त्री पुनले भने, ‘अप्ठेरो शेयर गरेर यो परिस्थितिको सामना गरौं, निजी क्षेत्र निरुत्साहित हुनुपर्ने अवस्था छैन ।’

मन्त्री पुनले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सोही कारण विद्युत ग्राहकबाट महसुल संकलन नभएको समयमा समेत निजी क्षेत्रबाट उत्पादित विद्युतको भुक्तानी नरोकिएको स्पष्ट गरे ।
आगामी दिनमा पनि भु्क्तानी नरोकिने भन्दै उनले चिन्ता नगर्न आग्रह गरे ।

यस्तै सरकारले कर फस्र्यौट, दर्ता नवीकरणजस्ता विषयमा भएको बिलम्बका कारण कुनै प्रकारको अतिरिक्त शुल्क र जरिवाना नलिएको स्पष्ट गरे ।

लकडाउनलाई शून्य अवधि मानेर लकडाउन अन्त्यपछि कर बुझाउँदा हुने उनको भनाइ थियो ।

कोभिड–१९ का कारण सर्भे र जेनेरेशन लाइसेन्स लिएर पनि काम अगाडि बढाउन नसकेका, वित्तीय व्यस्थापनको प्रक्रियामा रहेका विद्युत आयोजनाहरुलाई जरिवाना शुल्क नलाग्ने स्पष्ट गरे।

मन्त्री पुनले व्यवसायीहरुको मागअनुसार रुग्ण जलविद्युत आयोजनाहरुलाई राहत दिन सरकार तयार रहेको प्रतिबद्धता जनाए ।
यो पनि पढौ:म र कृषिमन्त्री मिलेर २६ लाखलाई कृषिमा रोजगारी दिने योजना बनाएका छौंःऊर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’
विद्युत महशुल २५% छुट भाडामा वस्नेका लागी पनि हो:उर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’
थप २२६ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमितको संख्या १७९८ पुग्यो,फैलियो५९ जिल्लामा कोरोना

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar