थपिए कोरोना संक्रमितको २९ जना


सुर्खेत:सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ।

सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

जसमा सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जनामा कोरोना देखिएकाे सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

स्वास्थ्य महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ।

सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २/२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको डा. तिवारीले जानकारी दिए।
यो पनि पढौ:यस्ता छन् ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनमगर ‘अनन्त ‘मार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम
अमेरीका ह्वाइट हाउसमा प्रदर्शनकारीले ढुङ्गामुडा प्राहारपर्वतमा पनि थपिए संक्रमित, गण्डकी (मगरात तमुवान)प्रदेशमा संक्रमित संख्या ३७ पुग्यो

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar