प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद बैठक

लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा लकडाउन मोडालिटीबारे छलफल गर्ने एक मन्त्रीले सेतोपाटीलाई बताए।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए।

छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नु पर्ने धारणा राखेका थिए।

व्यवसायीहरूले पनि देशका विभिन्न भागमा व्यवसाय खोल्न सुरु गरेका छन्। सरकारले पछिल्लो समय थपेको लकडाउनको समय जेठ ३२ गते सकिँदैछ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरू गरेको हो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar