कोरोना भाइरसवाट थप १ जनाको मृत्यु


सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार, ती युवक १४ दिन क्वारेन्टीनमा बसेर घर गएका थिए । हिजो एक्कासी श्वास प्रश्वासमा समस्या भएपछि उपचारका क्रममा उनको निधन भएको थियो । स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

क्वारेन्टीनमा उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनी घर गएको मन्त्री रावलले जानकारी दिए ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar