रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २० पुग्यो,संक्रमित क्षेत्र सिल


काठमाडौं ।रामेछाप जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २० जना पुगेको छ। आज एकैदिन १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा २० जनामा कोरोना संक्रमित भएका हुन् ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिका ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । संक्रमित व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याउने प्रक्रिया अगाडि बढेको छ ।
रामेछाप जिल्लामा यस अघि पनि दुई जना कोरोना संक्रमित भएका थिए । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएक थिए ।
आइसोलेसनमा उपचार भएर प्रहरी जवान घर फर्किसकेका छन् । त्यसैगरी जेठ ७ गते कोराना संक्रमित भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष पनि नौ दिन पाटन अस्पतालको आइसोलनमा उपचार गरेर स्वास्थ्य भएर घर फर्किएका छन् ।
त्यसैगरी आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रामेछाप स्थायी घर भएर हाल जुम्लामा कार्यरत एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ । यो सँग जिल्लामा कोरोना संक्रमितको संख्या २० जना पुगेको छ।

१७ जना कोरोना संक्रमित भएसँगै जिल्लाभित्र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमाथि निगरानी बढाइएको छ । रामेछापको आठ वटा स्थानीय तहमा भारतबाट आएका सहित दुई सय भन्दा बढी नागरिकहरु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

संक्रमित बसेको क्षेत्रमा सिल

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित भएका आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि सिल गर्ने निर्णय भएको बताउनभुयो । उहाँले आसपासका क्षेत्रका बासिन्दाहरुलाई संममित र संर्तक रहन आग्रह गर्दै आपसपाका क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गरी ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नहुने गरी प्रतिबन्ध लगाइएको बताउनुभयो ।

यो पनि पढौ:कास्कीमा थप ३ जना कोरोना संक्रमित,गण्डकी(तमुवान मगरात)प्रदेशमा संक्रमितको सख्या ८५ पुग्यो
आज वि.सं.२०७७ साल जेठ २४ गते शनिबार दिनको राशिफलले तपाईंको बारेमा के भन्छ ?
संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशु सहित १ सय ६८ जना आइपुगे नेपाल

तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar