सांसद सुवाल भन्छन्- मन्त्री र प्रशासकहरुमा समाजवादउन्मुख विचार होइन, नेपाल संस्कृति मास्ने काम भइरहेको छ।

नेमकिपा सांसद प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मन्त्री र प्रशासकहरुमा समाजवादउन्मुख विचार नरहेको भन्ने बजेटमार्फत स्पस्ट देखिएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभामा शनिबार विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले स्मार्ट सिटीको नाउँमा काठमाडौं उपत्यकाको संस्कृति मास्ने गरी कार्यक्रम ल्याइएको आरोप लगाए ।

उनले काठमाडौंमा जनसंख्या केन्द्रित गर्ने कार्य रोक्नुपर्ने, विदेशबाट खाद्यान्न आयात नगरी नेपालमै उत्पादन गर्न आवश्यक बन्दोबस्न गर्न नसकेको बताए । सांसद सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, सार्वजनिक शैक्षिक गुठि अन्तर्गनका भौतिक पुर्वाधार सरकारकै सम्पत्ति भएकोले आयकर उठाउनुपर्ने, कोभिड १९ बाट प्रभावित भएका किसान र मजदुरलाई रहत दिनुपर्ने लगायतका कार्यक्रम आउनुपर्ने सुझाव दिए ।

सांसद सुवालले नेपाल वायुसेवा निगमलाई वर्षमा १२ करोड ६२ लाख घाटामा पु¥याउने मन्त्री र कर्मचारीलाई कारबाही हुनुपर्ने, वाइडबडी जहाज र तारागाउँ विकास समितिको ३०४ रोपनी जग्गा बिक्रीमा भएको घोटलामा आवद्ध रहेकालाई कारबाही गर्न आग्रह गरे ।

स्थानीय तहको प्रत्येक वडामा स्थानीय जनतालाई लक्षित गरी कम्तीमा तीनवटा सुपथ मूल्य पसल सञ्चालन गर्न आवस्यक रहेको बताए । कृषि उत्पादन भण्डारणका लागि प्रत्येक स्थानीय तहमा चिस्यान केन्द्र स्थापना गर्नुपर्ने बताए ।

यो पनी पढौ:सांसद सुवाल भन्छन्- मन्त्री र प्रशासकहरुमा समाजवादउन्मुख विचार होइन, नेपाल संस्कृति मास्ने काम भइरहेको छ।नेपालमा कोरोनाभाइरस थप संक्रमित ३२३जना संक्रमितको संख्या ३३१५ जना पुग्यो
नेपालमा कोरोनाभाइरस थप संक्रमित ३२३जना संक्रमितको संख्या ३३१५ जना पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar