उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमानपुन मगर’अन्नत’ले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइन थप्ने


काठमाडौं । उर्जा,जलस्रोत तथा सिचाइमन्त्री वर्षमानपुन मगर’अन्नत’ले आगामी आर्थिक वर्षभित्र करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत ऊर्जा जलस्रोत था सिंचाई मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताए । 
उनले भने, ‘आगामी आर्थिक वर्ष भित्रमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका साथै निर्माणाधीन रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी, निजी लगानीबाट प्रवर्द्धित अन्य आयोजनाबाट सम्पन्न भइ करिब १३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।’ उनले आगामी आर्थिक वर्षको भदौ महिनासम्ममा माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुने बताए । 

जलविद्युत आयोजनाहरुको निर्माणका लागि प्रयोग हुने केही सामग्रीको भन्सार दर बढाइएको भन्ने प्रश्नमा मन्त्री पुनले आगामी दिनमा संशोधन गरी अगाडी जान सकिने बताए। 
राष्ट्रिय गौरवका सिक्टा, रानीजमरा, कुलरिया, भेरी बबई डाइभर्सन र बबई सिचाईं आयोजनाको  निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने कार्यलाई तिब्रता दिइने पनि उनले बताए ।  यस्तै महाकाली सिचाईं आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको जानकारी दिए । पहाडी तथा हिमाली क्षेत्रमा सबै कृषि योग्य ठाउँहरुमा सौर्यउर्जाको प्रयोग गरी लिफ्ट सिचाई योजना कार्यान्वयन गर्दे जाने र आगामी आर्थिक वर्ष भित्रमा करिब ५ सय हेक्टर क्षेत्रमा कार्यक्रम सम्पन्न गर्ने बताए । 

ट्युबेल निर्माणमा कुनैपनि राजनीतिक दवाव तथा राजनीतिक आस्थाका आधारमा कार्यक्रम तय नगरिएको बताए । दुई नम्बर प्रदेशको भरपर्दो सिचार्इंका लागि सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सम्पूर्ण तयारी भइसकेको र आगामी आर्थिक वर्षमा सुरुङ निर्माणको काम सुरु हुने जानकारी दिए । 

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको र राष्ट्रिय गौरवका सिचाई आयोजना सम्पन्न गर्दा २ प्रतिशत आर्थिक वृद्धि थप हुने र सिचाईले मात्रै करिब २८ लाखले थप रोजगारी पाउने अनुसन्धानले देखाएको जानकारी दिए । 

विद्युत खतपत बढाउने विद्युतीय चुलो र विद्युतीय गाडी लगायतको क्षेत्रमा विद्युत खपत बढाउने वातावरण निर्माण गर्ने नीति अवलम्बन गरिएको बताए । उनले अहिले पनि औद्योगिक क्षेत्रमा माग अनुसारको विद्युत आपूर्ति हुन नसकेको जानकारी दिए । उनले औद्योगीक क्षेत्रमा थप ३ सय देखि ४ सय मेगावाट विद्युत खपत हुन सक्ने प्रक्षेपण गरिएको बताउँदै विद्युत खपत बढाउनका लागि चुनौति रहेको र आन्तरिक रुपमा वृद्धि गर्न र भारत तथा बंगलादेशमा समेत विक्री गर्ने गरी पूर्वाधार निर्माणमा जोड दिइएको स्पस्ट पारे । 

गत वर्ष देखि इनर्जी एक्सचेन्जको मार्फतबाट भारतीय बजारमा पठाइएको र अव पनि अधिक इनर्जीलाई भारतीय बजारमा सोही माध्यमबाट पठाउने काम भइराखेको मन्त्री पुनले जानकारी दिए । उनले भारतीय सरकारी कम्पनी एनबीबीएन सँग विद्युत प्राधिकरणको जोइन्ट भेन्चरमा काम गर्ने तयारी भइराखेको स्पस्ट पारे । 
त्यसबाहेक भारतीय र बंगलादेशको बजारमा पठाउनको लागि विभिन्न काम भएको जानकारी दिए । 

नयाँ बजेट बाट १० युनिट सम्म विद्युत उपयोग गर्ने उपभुक्ताहरुलाई इनर्जी शुल्क मिनाहाको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘विद्युत नियमन आयोगमा प्रस्ताव गरेका छौं कि विद्युत प्राधिकरणले नै मूल्य समायोजन गर्दै छ कि १० युनिट सम्म उपयोग गर्ने ८ लाख ६१ जना ग्राहकलाई सधैको लागि निशुल्क वितरण गर्ने व्यवस्था गर्दै छौं ।’

उनले लकडाउनका कारण सुरुमा जलविद्युत आयोजनाको निर्माणको कार्य प्रभावित भएपनि अहिले पूर्णरुपमा कार्यान्वयनमा आइसकेको बताए । उनले करिब ३२ सय मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको आयोजनामा काम भइराखेको पनि स्पष्ट पारे ।

यो पनी पढौ:नापि कार्यलय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरुद्ध ५ करोड भ्रष्टचार मुद्धा
असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने ,एसइईलगायत परीक्षाको टुंगो: शिक्षामन्त्री
गण्डकी(तमुवान मगरात)प्रदेशमा थप २४ कोरोना पुष्टी,कुल संक्रमित सख्या १४४ जना पुग्यो
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar