मन्त्रिपरिषद्को बैठक दिउसो २वजे वस्दै लकडाउनवारेमा निर्णय हुदै

मन्त्रिपरिषदको बैठक

बुधबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषदको बैठक तय भएको छ । संसद बैठक लम्बिएका कारण मंगलबार स्थगित भएपछि आज बस्न लागेको बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तन लगायतमा बारेमा छलफल हुँदैछ ।

कोरोना भाइरस रोकथाम उच्चस्तरीय समिति र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लकडाउन खुकुलो बनाउने बारेको छुट्टाछुट्टै रणनीति मन्त्रिपरिषिदमा पेस गरेका छन् । उनीहरुले कोरोना संक्रमणको अवस्थाका आधारमा स्थान विशेष लकडाउनको शैली परिवर्तन  गर्नेबारेमा प्रतिवेदन बुझाएका हुन्  । आजको बैठकमा यसबारे छलफल गरेर आवश्यक निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जनजीवन, व्यापार व्यवसायमा प्रभाव परेपछि लकडाउनको शैली परिवर्तन सरकारमाथि चर्को दवाव परेको छ । केही दिनयता ब्यापार व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै पसल समेत खोल्न थालेका छन् ।

यो पनी पढौ:
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar