वाग्मती(नेवा:ताम्सालिङ्ग) प्रदेशमा संक्रमितको सख्या १४४ जना ,मृत्यु हुनेको संख्या ४ जना पुग्यो,कोरोना मुक्त रसुवा जिल्ला!

कोरोना भाइरस अपडेट

वाग्मती(नेवा:ताम्सालिङ्ग) प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् । 

सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ । 

रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो पनी पढौ:वि.सं.२०७७ साल जेठ २९ गते बिहिवार कुन राशीफल शुभ छ?
विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या ४,१५,८१० पुग्यो।
एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइने,आन्तरिक परीक्षा र मूल्याङ्नक हुने मन्त्री परिषद्को निर्णय
संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
संसोधन फिर्ता नलिए सरिता गिरीलाइ कार्वाही गर्ने: समाजवादी पार्टी
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar