सर्लाहीमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछी सशस्त्र प्रहरी बलद्धारा १० राउण्ड हवाई फायरिङ


काठमाडौं । सशस्त्र प्रहरी बलको पोष्टमा भारतीय नागरिकले आक्रमण गरेको छ । आज बिहान भारतीय नागरिक नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेपछि भारतीय नागरिकहरुले सशस्त्र प्रहरी पोष्टमै आक्रमण गरेका हुन् ।

सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी प्रविण श्रेष्ठले बताए ।सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको उनले बताए ।

सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको छ । आक्रमणकारी तीन जना घाइते भएका छन् । हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको जनाएको छ ।सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।सीमा क्षेत्रमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बलले रोक्न खोज्दा बारम्बार झडप हुँदै आएको छ ।

यो पनी पढौ:प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १६०२ जना पुग्यो। प्रदेशको अवस्था यस्यो छ।
नेपालमा थप कोरोना संक्रमित २५० जना, कुल संक्रमितको संख्या ४,६१४ जना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar