‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्।

प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्।राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदैछ: प्रचण्डले भन्नुभयो, भारतसँग मित्रता चाहेका छौं, आवेगमा छैनौं’

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।

‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन। राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उनले भने।

उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ।

भारतसँग नेपालले कुनै दुश्मनी नराख्ने उनले बताए।

‘यो समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर छौं। यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो। हाम्रोतर्फबाट अधिकतम प्रयास गरिएको हो,’ प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका छौं। आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन।’

प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताए। नेपालको राष्ट्रिय मुद्दामा एकठाउँमा हुने सावित फेरि एकपटक विश्वसामु देखाएर सन्देश दिएको उनले बताए। प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि अपिल गरेका छन्।

यो पनी पढौ:सरकारले ऐतिहासिक निर्णय सम्पुर्ण नेपालीलाइ गर्वको कुरो,अब निशान छापमै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा
सरकारको हिसाव :कोरोना उपचार ,नियन्त्रण, उपचारमा हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar