मगर भूम्या चाडको हार्दिक शुभकामना,विविधतायुक्त समाजभित्र एकताबद्घ राष्ट्र निर्माणको सन्देश प्रदान गर्नका लागि नेपाल सरकारलाई अपिल:नेफीन

नेपालका विभिन्न आदिवासी जनजाति समुदायहरुमध्ये सबैभन्दा धेरै जनसंख्या भएको मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक र उहाँहरुको मौलिकतासँग जोडिएको प्रचलित लोकप्रिय संस्कृति मगर भुम्या चाड–२०७७ को सुखद उपलक्ष्यमा नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फवाट विश्वभरका मगर समुदायहरु, सम्पूर्ण नेपालीजन, समग्र देश साथै विश्व जगतको सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
हामी यस शुभ अवसरमा बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यावस्थाको मूल मर्म र भावना अनुरुप देशको बहुलता र विविधतायुक्त विशेषतालाई सैद्धान्तिक र व्यावहारिक रुपले आत्मसाथ गर्दै राज्य सरकारले सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरुलाई सम्मान गर्दै एकल सांस्कृतिक जातिवादी रुपले अघि नबढी सबै जाति समुदायहरुको समान सांस्कृतिक पहिचान कायम गर्दै नेपालको विविधतायुक्त समाजभित्र एकताबद्घ राष्ट्र निर्माणको सन्देश प्रदान गर्नका लागि नेपाल सरकारलाई जोडदार
माग गर्नुभएको छ।
कोरोना महामारीको कारण हाल उत्पन्न विषम परिस्थितिमा सबैजना सुरक्षित रहौं । भौतिक/सामाजिक दुरी कायम राखौं, आफू बचौं र अरुलाई पनि बचावौं सबैमा अपिल गर्नुभएको छ।

मितिः २०७७/०३/०१

मगर भूम्या चाडको हार्दिक शुभकामना

नेपालका विभिन्न आदिवासी जनजाति समुदायहरुमध्ये सबैभन्दा धेरै जनसंख्या भएको मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक र उहाँहरुको मौलिकतासँग जोडिएको प्रचलित लोकप्रिय संस्कृति मगर भुम्या चाड–२०७७ को सुखद उपलक्ष्यमा नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फवाट विश्वभरका मगर समुदायहरु, सम्पूर्ण नेपालीजन, समग्र देश साथै विश्व जगतको सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

हामी यस शुभ अवसरमा बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यावस्थाको मूल मर्म र भावना अनुरुप देशको बहुलता र विविधतायुक्त विशेषतालाई सैद्धान्तिक र व्यावहारिक रुपले आत्मसाथ गर्दै राज्य सरकारले सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरुलाई सम्मान गर्दै एकल सांस्कृतिक जातिवादी रुपले अघि नबढी सबै जाति समुदायहरुको समान सांस्कृतिक पहिचान कायम गर्दै नेपालको विविधतायुक्त समाजभित्र एकताबद्घ राष्ट्र निर्माणको सन्देश प्रदान गर्नका लागि नेपाल सरकारलाई जोडदार अनुरोध गर्दछौं ।

कोरोना महामारीको कारण हाल उत्पन्न विषम परिस्थितिमा सबैजना सुरक्षित रहौं । भौतिक/सामाजिक दुरी कायम राखौं, आफू बचौं र अरुलाई पनि बचावौं ।

मगर भुम्या चाड–२०७७ को सम्पूर्णमा पुन हार्दिक शुभकामना ।

जय आदिवासी जनजाति ।
……………….
सुख वीर थामी
(का.वा.महासचिव)

यो पनी पढौ:लकडाउनमा लोपोन्मुख आदिवासीहरूलाई राहत नदिएकोप्रति खेद व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ
नेपाल मगर संघको भुम्या पर्व सम्बन्धी शुभकामना “भुम्या पर्व/चाड” आयोजना गरिने औपचारिक कार्यक्रमहरु सबै स्थगित
थप संक्रमितको संख्या ४२५ जना,नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० जना पुग्यो।(पुर्ण विबरण)
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar