कुवेतवाट फर्केर खरिपटी क्वारेन्टी रहेका ७ महिलामा कोरोना पुष्टी

कोरोना भाइरस अपडेट

कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

संक्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन्।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो।

यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टिनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब संकलन गरिएको थियो।
(रासस)
तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेपाली पुरुषसग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछी अंगिकृत नागरिकता दिने नेकपाको निर्णय
गोर्खा भर्तिकेन्द्र खारेज गर,नेपाल युवाहरुलाइ चिनविरुद्ध लड्न नपठाउ:नेकपा महासचिव विप्लव
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar