हामी पार्टी एकताबाट पछी हट्न सक्दैनौं,कार्यन्वयन गरेर अगाडी बड्नुपर्छ। नेकपा अध्यक्ष’प्रचण्ड’


काठमाण्डौ: पुर्वप्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताए।

उनले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था उत्पन्न भएको बताए।

‘हामीले पार्टी एकता गर्ने बेलाम कुनै मोर्चा बनाएर जाने कि भनेरसमेत मलाई सुझाव आएको थियो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले मगरात नेपालसँग भने, ‘कतै त्यही गरेको भए राम्रो हुन्थ्यो कि भन्नेसमेत सोच आउने गरेको छ। तर अब हामी पार्टी एकताबाट पछि हट्न सक्दैनौं। यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ।’

प्रचण्डले दुई तिहाइको सरकार छ भनेर सरकारमा बस्नेहरूमा घमण्ड बढेकोसमेत बताए।’अहिलेको बहुमत एउटा व्यक्तिका लागि आएको होइन। यो नेकपाका लागि आएको हो,’ प्रचण्डले भने,’अहिले यो अनूभुति भएको छैन। यही अवस्था रहिरह्यो भने आगामी दिनमा पार्टी विघटनको दिशामा जान्छ।’

सरकारको कामबाट जनता खुसी नभएको भन्दै प्रचण्डले पार्टीको काम पनि सही ढंगले अगाडि बढ्न नसकेको बताए।

‘पार्टी र सरकार सबैमा एउटै व्यक्तिको दबदबा बढेको छ। कार्यकारी अध्यक्षको भूमिका रहे पनि त्यो अनुसारको काम भएको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै अर्का स्थायी समिति सदस्यले भने,’विगतमा भएका सहमति र समझदारी कार्यान्वयन हुन सकेको छैन। यस्तै पाराले पार्टी अगाडि बढ्न सक्दैन।’

२०७५ जेठ २ गते प्रधानमन्त्रीमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेर गल्ती भएको संकेतसमेत प्रचण्डले गरेका थिए।

एक स्थायी समिति सदस्यका अनुसार २०७६ मंसिर ४ गतेको सहमति कार्यान्वयन नभएको समेत उनले बताएका थिए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप संक्रमण ६२९ जना,कुल संक्रमितको १०,७२८ जना पुग्यो, निको हुनेको संख्या २,३३८ जना पुग्यो
अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति, अस्तित्वसँग जोडिएको विषय हो । माननिय गृहमन्त्री रामवहादुर थापा मगर’वादल’
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar