थप कोरोना ३१६ जना,कुल संक्रमितको संख्या १३,५६४ जना पुग्यो भने कोरोना जित्ने ३,१९४ जना पुग्यो

कोरोना भाइरस अपडेट

मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।

यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।

२९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्।विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar