विभिन्न साहित्य कार्यक्रम गरि मनायो झमककुमारीको जन्मोत्सव


काठमाडौं । साहित्यकार झमककुमारी घिमिरेको जन्मदिनका अवसरमा काठमाडौं र धनकुटास्थित उहाँको घरमा आइतबार विभिन्न साहित्यिक कार्यक्रम गरिएका छन् ।

काठमाडौंमा गोठाटारस्थित घिमिरेलाई वर्तमान सरकारले बनाइदिएको घरमा उहाँले रचना गरेका विभिन्न कविता वाचन गरियो ।
घिमिरेको प्रेमिल आकाश, नौलो प्रतिविम्बलगायत कृतिबाट विभिन्न साहित्यकारहरुले कविता वाचन गरे ।

साहित्यकारहरु अनन्त वाग्ले, वासुदेव अधिकारी, स्नेह सायमि, फूलमान वल, अनिता लामा, रोजिता बुद्धाचार्य, लक्ष्मी माली, सुरेश हाचेकालीले कविता वाचन गरे ।

साहित्यकार घिमिरेका लागि सरकारले गोठाटारमा बनाइदिएको घर हस्तान्तरणको चरणमा छ ।

उक्त घर प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा निर्माण भएको हो । सरकारले घिमिरेलाई मासिक २५ हजार रुपैयाँ भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।

ओलीको पहिलो प्रधानमन्त्रीकालमा तत्कालीन संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेल हुँदा गोठाटारमा जग्गा दिने निर्णय भएको थियो ।
आइतबार गोठाटारको कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यसमेत पुग्नु भई घरको अवलोकन गर्नुभयो ।

साथै उहाँले समग्र साहित्य क्षेत्रको श्रीवृद्धिका लागि सरकारले काम गरिरहेको र यो घर सुरुवातमात्र भएको बताउनुभयो ।
पूर्व पर्यटनमन्त्री पोखरेलले उक्त घर निर्माणको सुरुदेखिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओली असाधारण निर्णय क्षमताको व्यक्तित्व रहनुभएको चर्चा गर्नुभएको ।

कसैले उहाँलाई कसैको कुरा नसुन्ने, अरुको कुरा नबुझ्ने भन्छ भने त्यो सर्वथा गलत रहेको बताउनुभयो ।
‘राति ११ बजेसम्म भेटघाट, १२ बजे खाना खाई १ बजे सुत्ने मान्छेलाई कसैको कुरा सुन्दैन भनेको सुन्दा अचम्म लाग्छ,’ पोखरेलले कार्यक्रममा भन्नुभयो ।

यसैबीच धनकुटामा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, महासचिव जनार्दन घिमिरे, सहसचिव गीता अधिकारी, कोषाध्यक्ष सरोज भुजेललगायत सपरिवारको उपस्थितिमा उहाँकै निवासमा जन्मोत्सव मनाइएको थियो ।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न, छिट्टै उद्धाटन हुने मेलम्ची
कोरोना अपडेट: थप २३२ जना कोरोना संक्रमण पुष्ठी,कुल सख्या १५,४९१ जाना पुग्यो।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar