नेकपा वहस: अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन,संगठनात्मक कार्यविभाजनको लडाइ हो’नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री ‘वादल’


काठमाण्डौ:सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय सदस्य एबम् गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले ओली र दाहाललाई भेटेर पार्टी एकता कायम राख्दै मध्यमार्गी धारबाट निकास खोज्नुपर्नेमा जोड दिएका छन्। सरकारको जिम्मा ओली र पार्टीको जिम्मा दाहाललाई दिनुपर्ने उनको सुझाव छ। पार्टी एकताका लागि मध्यमार्गी भूमिका खेल्दै आएका सचिवालय सदस्य एबम् गृहमन्त्री रामबहादुर थापा मगर’वादल’ले दुई अध्यक्ष एकले अर्कोलाई परित्याग होइन, दुवैले त्यागको भावना देखाउनुपर्ने धारणा राखेका थिए। उनलाई दुवै पक्षले आफ्नोतर्फको ठान्दै आएका छन्। 

गृहमन्त्रीसमेत रहेका थापाले गत मंसिर ४ गते दुई अध्यक्षबीच भएको सहमति र गत वैशाख २० मा सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गरेर जानुपर्नेसमेत बताए। ‘अहिले पार्टीभित्र कुनै विचार सिद्धान्तको होइन, संगठनात्मक कार्यविभाजनको लडाइँ हो,’ थापानिकट केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले भने, ‘राजनीतिक विचार र सिद्धान्तको लडाइँ भए पार्टी विभाजन हुन्छ तर संगठनमा कार्यविभाजन भए पार्टी एकताबद्ध हुन्छ।’ उनका अनुसार पार्टी एकताबद्ध भएर जानुपर्छ भन्ने पार्टीका आमकार्यकर्ताको धारणालाई नेताहरूले बुझ्नुपर्छ। ‘अघिल्ला सहमतिले काम गरेन भने अब नयाँ सहमति गरेर पार्टी र सरकार सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘जनताको अभिमतको समेत कदर गर्नुपर्छ।’  

त्यसैगरी पार्टीभित्र विवाद चर्केपछि घनश्याम भुसाल नेतृत्वमा रहेका ११ जना नेताले विवादको जड शीर्ष नेतामै रहेकाले आ–आफ्नो पीडा महसुस गरून् भन्ने धारणा राखेका छन्। भुसाललगायत योगेश भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल, वर्षमान पुन, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीलगायत नेताले आफ्नो मात्रै राजनीति हेरेर भावी पुस्तालाई अन्याय नगर्न शीर्ष नेतालाई आग्रह गरिरहेका छन्। उनीहरूका तर्फबाट कृषिमन्त्री भुसालले दुईपटक दुवै अध्यक्षलाई भेटेर दोस्रो पुस्ताका नेताहरूको धारणा राखिसकेका छन्।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन
शान्ती,सुरक्षा,अमनचयन कायम गर्न जनताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा प्रमुखलाइ गृहमन्त्री ‘बादल’को कडा निर्देशन
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar