लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्न सरकारलाइ मैले निर्देशन दिएको हुँ,कोही महान राष्ट्रवादी होइन’ -प्रचण्ड’


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन बताएका छन् ।

आइतबार नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी नभएको बताउँदै नक्सा छाप्न प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताएका हुन् ।

‘मलाई कार्यकारी भनिएको लगत्तै पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा बसेको बेलामा हामीले भारतले नयाँ नक्सा जारी ग-यो अब हामीले पनि तुरुन्तै हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नेपाली नक्सा प्रकाशन गर्नैपर्छ भनेर स्थायी समितिबाट सर्वसम्मत गराएको  छु’ उनले भने, ‘यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । स्थायी कमिटी बैठकमा मैले बोल्दा होस् या सबैले सरकारलाई, कमरेड केपी ओलीलाई धन्यवाद दिइएको छ । नक्सालाई वैधानिकता दिन पार्टीले निर्णय गरेर मात्र पुग्दैनथ्यो, अन्त्यमा प्रधानमन्त्रीको हैसियतले वैधानिकता दिन र औपचारिकता दिनुभयो । के राष्ट्रवाद जिन्दावाद र मुर्दावादको कुरा हो ?’

अध्यक्ष प्रचण्डले आफूहरूलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान रहनु पर्ने पनि बताएका छन् । उनले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताउँदै यसका लागि नेतृत्वलाई खबरदारी गर्नसमेत चितवनवासीलाई आग्रह गरेका छन् ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:आइतवार थप ८२ जना कोरोना ,कुल संक्रमितको संख्या १६,८०१ जना पुग्यो।
पार्टी एकता जोगाउन संंघर्ष गरिरहेको छु: नेकपा अध्यक्ष पुर्वप्रधानमन्त्री प्रचण्ड
नेकपा बहस: ओली :दुवै पद छाडदिनँ,अन्य विषयमा मात्रै छलफल गरौं/प्रचण्ड:एक पद रोजेर लिनुस्,बाकी छाड्नुस्।
तपाइ फेसबुक ,ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar