नेपाली मुक्तीकामी आन्दोलनका अविचलित संघर्षका प्रेरणादायी अभिवाक बर्मन बुढा मगर निधनप्रति प्रचण्ड द्धारा दु:ख व्यक्त


काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढा मगरको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । 

‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो’, प्रचण्डले जारी गरेको शोक बक्तव्यमा भनिएको छ, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेपाली मुक्तीकामी आन्दोलनका अविचलित संघर्षका प्रेरणादायी अभिवाक बर्मन बुढा मगर निधन

बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको थियो । 
तपाइलेDigital currency exchangers

यो पनी पढौ:असाहय बिरामीलाई नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष नविन रोका मगर ज्युको नेत्रित्वमा सहयोग हस्तान्तरण
थप कोरोना १८६ जना,कुल संक्रमित१७,८४४ जना पुग्यो भने मृत्यु हुनेको संख्या ४० पुग्यो।
तपाइ



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar