थप कोरोना १४७ जना ,कुल संक्रमितको संख्या १८,२४१ जना पुग्यो, मृत्यु हुनेको संख्या ४३ जना पुग्यो।

कोरोना भाइरस अपडेट

काठमाण्डौ:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ। यद्यपी विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै २४ घण्टामा १ सय ५६ जना कोरोनाबाट मुक्त भएका छन्।

यीसहित हालसम्म १२ हजार ८ सय ४० जना निको भइसकेका छन्। ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

तीन जिल्लाहरु रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको गौतमले जानकारी दिए।

त्यस्तै ६ जिल्लाहरुमा कोरोनाका संक्रमित देखिएका छैनन्। पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका संक्रमित देखिएका छैनन्। यसअघि ती जिल्लामा संक्रमित देखिए पनि अहिले निको भइसकेकाले ६ जिल्लामा अहिले कोरोनाका कुनै बिरामी नरहेको गौतमले बताए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar