थप कोरोना १३३ जना, १८,३७४ जना पुग्यो, मृत्यु हुनेको संख्या ४४ जना पुग्यो।

कोरोना भाइरस अपडेट

शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। 

त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ छ।४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar