लिदीमा पहिरोले ११ जनाको शवफेला पर्‍यो,राहत लिएर गृहमन्त्री रामवहादुर थापा मगर’वादल’ घटना स्थलमा


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा पुरिएर बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ।

मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन्।मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ।

पहिरोले २७ घर पुरेको थियो। घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो। घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ।

गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ।

राहत लिएर गृहमन्त्री लिदी पुगे

यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिएका छन्। राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ।

गृहमन्त्री थापाले घटनामा बेपत्ता भएकाहरुको खोज तथा उद्धारमा तिव्रता दिन र पीडितहरुको लागि बस्ती स्थानान्तरण गरि उपयुक्त स्थानमा बसोबासको लागि प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

त्यसअघि बिहान प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्किएका थिए।त्यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले लिदीका पहिरो पीडितका लागि राहत सामग्री पुर्‍याएको छ।

जिल्ला विपत् व्यवस्थापन समितिले नीलो चिनियाँ पाल ४० थान, भाँडावर्तन, मिनी ब्ल्यांकेट, पहेँलो त्रिपाल, म्याट्रेस, बाल्टिन ढकनसहित ४० थान, प्लाष्टिक जग ४० थान, ग्यालिन ६० थान र पञ्जा ४० थान वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’
काठमाण्डौ उपत्यका १७२ जना सहित थप कोरोना देशैभर ६४१ जना,कुल संक्रमित २६,६६० जना,मृत्यहुनेको संख्या १०४ जना पुग्यो।
गृहको कडानिर्देशन प्रमुख जिल्ला अधिकारीहरुलाइ,’ कोभिड -१९’ सुरक्षा मापदण्ड अनुगमन टोली बनाएर साप्ताहिक कार्य प्रगति पठाऊ
थप राम्रो काम गर्न मन्त्रालयका उच्च अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : वर्षमान पुन मगर ‘अनन्त’ कडा निर्देशन



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar