वाजुरा पुगेर गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले पाचसय पहिरो पिडितलाइ दिए राहत

राहत वितरण कार्यक्रम: गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’

धनगढी- माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ले बाजुराका पहिरो र बाढी पीडितलाई राहत वितरण गरेका छन्।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’को नेतृत्वको टोली मंगलबार बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा न १ मा पुगेर बाढी र पहिरो पीडितहरूलाई राहत साम्रगी बितरण गरेको हो।

लगातारको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी र पहिरोले गौमुल गाउँपालिका वडा नम्वर २ को अजयटुटकीका विस्थापीत पचास परिवारलाई माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ सहितको टोलीले राहत वितरण गरेको छ।

माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ सहितको टोली साउन २६ गते बाजुरा आउने तालिका रहेको भएपनि मौसम अनुकुल नभएर आउन नसकेको टोलीमा सहभागीले बताएका छन्। गृहमन्त्री सहितको टोली काठमाण्डौबाट जहाजमार्फत सुर्खेत र सुर्खेतबाट हेलिकप्टर मार्फत बाजुरा आएर राहत वितरण गरेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

टोलीमा माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ सहित गृहमन्त्रीका दुईजना सल्लाहाकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह रहेका थिए।

बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदि छेउका वासिन्दा बिस्थापित भएका थिए।टोलीले बिस्थापितहरूको अध्ययन गर्नुको साथै राहत साम्रगी बितरण गरेको छ।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले लकडाउनका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध
नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सिसिएमसीको निर्णय ‘के छ यो भित्रको खेल?’
जनताको जनवाद :नेकपा स्थायी कमिटी सदस्य एवं मुख्य सचेतक देव गुरुङ
नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सिसिएमसीको निर्णय ‘के छ यो भित्रको खेल?’
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar