चिनले आइफोन र ‘एप्पल’लाइ बहिष्कार गर्नसक्ने चेतावनी


एजेन्सी । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चेतावनी दिएका छन् ।

प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका हुन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वाशिङ्गटनबीच तनाव थप बढेको देखिएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि ‘विच्याट’लाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आईफोन’ र ‘एप्पल’का उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुनेछैन ।”

यसअघि बिहीबार झाओले भनेका थिए, “धेरै चिनियाँहरूले अमेरिकामा ‘विच्याट’लाई प्रतिबन्ध गरिएमा चीनमा ‘आईफोन’ प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।”  चिनियाँ एपलाई लक्षित गरी अमेरिकाले गैर–अमेरिकी कम्पनीहरूलाई व्यवस्थितरूपमा आर्थिक आक्रमण गरिरहेको उनले दावी गरे ।

बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो । यसबाहेक अमेरिका र चीनबीच दक्षिण चीनमा रहेको ‘साउथ चाइना सीमा सैन्य गतिविधि, हङकङलाई हेर्ने दृष्टिकोण तथा कोरोनाभाइरसको उत्पत्ति र यसलाई फैलिन नदिने बिषयमा चीनले वेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले अमेरिकी आरोपलाई खण्डन गर्दै आइरहेको छ ।  चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन्।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:थप कोरोना ९२७ जना,पुग्यो कुल संक्रमितको संख्या ३६४५६ जना
यी हुन् मङगलवार मन्त्रीपरिषद्का २२ महत्वपुर्ण निर्णय(सुचिसहित)
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar