अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी सम्पन्न (पुराभिडियोसहित)


काठमाण्डौ:अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष जुजारु युवा नेता नबिन रोका मगर ज्युको अध्यक्षाता अनलाइन भर्चुअल विचार गोष्टी कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रमको कार्यक्रमको प्रमुखअतिथी फुलमान चौधरी उपस्थित रहनुभएको थियो। कार्यक्रमा बोल्दै अध्यक्ष नबिन रोका मगर ज्युले भन्नुभयो,विश्वभरि मगर जातिको साझा सवाल र आकांक्षा भनेकै जाति, भाषा, संस्कार संस्कृति परम्पराको एक रूपता र त्यसको प्रवर्द्धन हो भन्दै ‘विश्वभरि आ–आफ्नो धारणा, सांस्कृतिक पृष्ठभूमि आपसमा आदानप्रदान गरेर दीर्घकालसम्म सँगै रहने प्रयास जारी राख्ने अन्तर्रास्ट्रिय मगर महासंघ (International Magar Federation) को अध्यक्ष ज्युले बताउनु भएको छ । साथै, सबै भन्दा महत्वपूर्ण सामाजिक, शैक्षिक, आर्थिक पक्षको विकासमा जोड पनि दिन संसारभरका मगरहरु एक हुन अपिल गर्नुभएको छ।
अनलाइन भर्चुयल विचार गोष्टी कार्यक्रम सञ्चालन महासचिव मगर संघ बेल्जियम प्रतिनिधि बिरमान घर्तीमगरले गर्नुभएको छ।
नेपाल मगर संघ एबम् नेपाल आदिबासी जनजाती महासघको सस्थापक कार्यकारी महासचिव :- सुरेश आले मगर मगरहरुको इतिहास,मगर संघ हुदै महासंमा आउदा एकदम राम्रोभएको छ।उहाले भन्नुभयो पञ्चायती व्यवस्थाविरोधी आन्दोलन चलिरहेको बेलामा नेपाल मगर संघ (तत्कालीन नेपाल लाङ्घाली संघ)को केन्द्रीय समितिको बैठक पोखरामा बसेको थियो । सो बैठकले तत्कालीन परिवेशमा समस्याको शान्तिपूर्ण समाधानको आह्वान गर्नुका साथै सम्पूर्ण जनजातिहरूको साझा सङ्गठन निर्माण गर्न प्रयास गर्ने एउटा प्रस्ताव समेत पारित गरेको थियो । मैले सोही कुरा उक्त भेलामा राखेँ । सबैले उक्त कुराको सराहना गरे र सो बैठकमा सबै जनजातिहरूको साझा सङ्गठन खोल्ने निर्णय भयो । सोको लागि संयोजन गर्ने जिम्मेवारी नेपाल मगर संघलाई नै दिइयो । यसको मुख्य कारण नेपाल मगर संघ पञ्चायती व्यवस्थामा पनि क्रियाशील हुनु र त्यस्तो कठिन परिस्थितिमा पनि जनजातिहरूको साझा सङ्गठन खोल्न प्रयास गर्नेजस्तो महत्वपूर्ण एवम् सान्दर्भिक निर्णय गर्नु नै थियो । उक्त भेलामा को–को उपस्थित थिए? अहिले मलाई ठ्याक्कै सम्झना भने छैन । तर त्यतिबेलाको जातीय आन्दोलनमा क्रियाशील व्यक्तिहरू नै थिए । जनजाति महासंघको निर्माण र इतिहासमा उक्त बैठक वा भेलाको पनि धेरै महत्व रहेको यथार्थलाई सबैले जान्नु र स्वीकार्नु आवश्यक छ भन्नुभयो।उक्त भेलाद्वारा गरिएको सर्वसम्मत निर्णय र नेपाल लाङ्घाली संघलाई दिइएको जिम्मेवारीबारे मैले मगर संघको तत्कालीन नेतृत्वलाई रिपोर्टिङ गरें, छलफल गरें । “संघ”ले हर्षित एवम् उत्साहित हुँदै सोबारे आवश्यक ठोस पहल गर्न मलाई नै जिम्मेवारी दियो । “मगर संघ”लाई जिम्मेवारी दिए तापनि त्यो अमूर्त थियो, कुनै न कुनै व्यक्ति वा पात्रले त्यो जिम्मेवारी वहन गर्नैपर्दथ्यो । त्यतिबेला म ‘मगर संघ’को महासचिव, क्याम्पसमा प्राध्यापनरत र सक्रिय युवा पनि रहेको कारण ‘मगर संघ’ले त्यो महत्वपूर्ण जिम्मेवारी मलाई दिएको हुनुपर्छ ।

उहाले भन्नुभयो,त्यति वेला जिम्मेवारी पाएपछि मैले तुरुन्त पहलकदमी लिएँ । त्यतिबेला क्रियाशील रहेका जातीय सङ्गठनहरूको नेता तथा वरिष्ठ व्यक्तिहरूसँग सम्पर्क, भेटघाट र छलफल गरें । हामी जनजातिहरूको हक–हित, समानता र मुक्तिका लागि एकल प्रकारले सङ्घर्ष गर्नुका साथै सामूहिक एवम् संयुक्त रुपमा पनि सङ्घर्ष गरौं र साझा सङ्गठन निर्माण गरौं भन्ने प्रस्ताव राखें । त्यस्तो सङ्गठनको आवश्यकता, महत्व र औचित्यबारे कुरा गरें । सबैले सहमति एवम् समर्थन जनाए।त्यसरी नै नेपालमा १०–वर्षे जनयुद्ध, २०६२÷६३ को जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित आन्दोलन, महिला आन्दोलन, अपाङ्गता भएका, मुस्लिम र पिछडिएको क्षेत्रका जनताको आन्दोलन तथा अधिकार प्राप्तिका विभिन्न आन्दोलन÷सङ्घर्षहरूका कारण संघीयता, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता स्थापित भएको प्रस्ट छ । मगरात स्वायक्त प्रदेश स्थापना ‌नहुदा सम्म लडिरहने प्रतिवद्धाता व्यक्त गर्नुभएको छ। यतिमात्रै होइन बर्गिय मुक्ति नहुदा सम्ममा लडिरहने प्रतुवद्धता व्यक्त गर्नुभएको छ।

नेपाल मगरजातिको भाषाहरू मगरात मानव सभ्यतामा यही भुमिमा उत्पतीभएको भाषा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्लादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगरले खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन्।
अधिवक्ता सुरेन्द्र थापा मगरले भन्नुभयो,नेपाल संविधान भित्री रुपमा नै विवेदकारी रहेको भन्नुभएको छ। उहाले वोल्दै भन्नुभयो ,नेपाली जनताको त्याग, योगदान, बलिदान र सङ्घर्षबाट संघीय लोकतान्त्रिक शासन–व्यवस्था कायम भएको जगजाहेर छ । नेपालको संविधान, २०७२ को भाग—३, मौलिक हकअन्तर्गत धारा—१८(३) समानताको हक र धारा ४२ को सामाजिक न्यायको हक, लगायत व्यवस्थाअनुसार मगर लगायत आदिवासी जनजाति लगाएत समुदायले हक अधिकार नपाएको वतानुभएको छ।

अन्तर्रास्ट्रिय मगर महासंघको उपाध्यक्ष गंगा खासुमगरले अनलाइन भर्चुअल विचार गोष्टी कार्यक्रममा स्वगत मन्तव्य राख्नुभएको थियो।

२५ मुलुकका प्रतिनिधिहरु सहभागी भएर उक्त कार्तिक महिनाको सम्मेलनले “अन्तर्राष्ट्रिय मगर महासंघ” को गठन प्रक्रिया पनि सम्पन्न भएको थियो। ऐतिहासिक रुपमा सम्पन्न उक्त सम्मेलनमा  “मगर अन्तराष्ट्रिय महासंघ” को अध्यक्षमा जुझारु युवा नेता नबिन रोका मगर ज्युको नेतृत्वमा सर्बसमतले कार्यकारी परिषद गठन भएको थियो ।विभिन्न देशमा स्थाई रुपमा बसाेबास गर्ने मगरहरुकाे सस्था-सस्था मिलेर बनेकाे “मगर अन्तराष्ट्रिय महासंघ” मा अध्यक्ष नेपाल मगर संघ प्रतिनिधि नबीन राेकामगर, उपाध्यक्ष मगर संघ बेलायतका प्रतिनिधि रुद्र थापामगर, महिला उपाध्यक्ष नेपाल मगर संघ प्रतिनिधि गंगा खासुमगर, महासचिव मगर संघ बेल्जियम प्रतिनिधि बिरमान घर्तीमगर, उपमहासचिव नेपाल मगर संघ प्रतिनिधि रक्षा बहादुर रैकामगर, सचिव अखिल भारत मगर समन्वय समितका प्रतिनिधि बिष्णु रानामगर, सचिव मगर संघ अमेरिका प्रतिनिधि, काेषाध्यक्ष मगर संघ क्यानडा प्रतिनिधि गिरी बुढाथाेकी मगर, सहकाेषाध्यक्ष अखिल भारत मंगर समन्वय समिति प्रतिनिधि नबिन थापामगर साथै, एसिया संयोजकमा कला थापामगर (भुटान) र अमित थापामगर (भारत) रहनु भएको छ भने बाँकी महादेसिय संयाेजक पछि पुरा गर्ने गरि सर्वसम्मतले नया कार्यकारी परिषद निर्वाचित भएको थियो।

अन्तर्रास्ट्रिय मगर महासंघ(International Magar Federation) को अनलाइन भर्चुअल विचार गोष्टी कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता,अग्रज व्यक्तीहरुको उपस्थित रहेको थियो।
अन्तर्रास्ट्रिय मगर महासंघद्धारा आयोजित मगर जाती,संगठन, आदिवासी जनजाती अधिकार सम्बन्धी भर्चुअल विचार गोष्टी (पुराभिडियो हेर्न तल क्लिक गर्नुहोस।

तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर ४ महिला १० पुरुष सहित १४ जना कोरोनावाट मृत्यु मृतकको संख्या २२१ जाना पुग्यो।
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar