भक्तपुरमा पौडी खेल्ने क्रममा बेपता भएका पुरुषको शव फेला


मगरात नेपाल संवाददाताकाठमाडौं
भक्तपुरको पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवाको शव फेला परेको छ।

मंगलबार दिउँसो करिब सवा १ बजे चाँगुनारायण नगरपालिका-८ बस्ने २५ वर्षीय योगेन्द्र लिम्बूको शव फेला परेको महानगरीय प्रहरी परिसर, भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन्।

उनी सोमबार दिउँसो आफ्ना साथीसँग कलमसी बोजनी रिसोर्टनजिकै रहेको पोखरीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए।उनलाई आफ्नै साथीले बचाउन खोजेपनि नसेपछि आफ्नो ज्यान जोगाएर पोखरीबाट निस्किएको डिएसपी दिपक गिरीले बताएका थिए।

सोमबार नै प्रहरीले उक्त पोखरीमा खोजतलासी गरेको थियो। तर धेरै गहिरो र दलदल भएको कारण भेटिन नसकेको डिएसपी गिरीले बताएका थिए।साँझसम्म पनि नभेटिएपछि मंगलबार बिहानै सेनाको गोताखोर टोली, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उनको खोजी थालेको थियो।
तपाइलेDigital currency exchangers

यो पनी पढौ:देशैभर १,०६९ जना थपकोरोना,११ जना मृत्यु,मृतकको संख्या २३९ जना पुग्यो,कुल संक्रमितको संख्या ४०,५२९ जना पुग्यो।
मगर संस्कृतिको संरक्षण तथा सम्बर्द्धन भर्चुअल संवाद कार्यक्रम अन्तर्राष्ट्रिय मगर महासंघको अध्यक्ष: नविन रोका मगरको प्रमुख आतिथ्यतामा हुदै
सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा कोरोना संक्रमणलाइ नियन्त्रण गर्न सकिने:गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’



मार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar