“आफ्नो जनताले गरेको फोहोर सफा गर्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नबीन रोका मगर टुडिखेलमा”

“आफ्नो जनताले गरेको फोहोर सफा गर्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नबीन रोका मगर टुडिखेलमा”

काठमाडौँ ।”आफ्नो जनताले गरेको फोहोर सफा गर्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नबीन रोका मगर टुडिखेलमा” फोहोर सफाइ अभियानमा जुट्नुभएको हो। नेपाल मगर संघले काठमाडौँको टुँडिखेल सफा गरेको छ । नेपाल मगर संघ केन्द्रिय समितिको अगुवाइमा बिहीबार टुँडिखेल सफा गरिएको हो । मगरहरुको प्रमूख राष्ट्रिय पर्व माघे सकरातीको अवसरमा बुधबार मगर संघले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमका क्रममा भएको फोहर सफा गरिएको हो ।
मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती ’ पर्व मनाएका छन् । बुधबार टुँडीखेलमा भेला भएका मगर समुदायले आ-आफ्नो कला संस्कृतिको प्रदर्शनका गर्नुका साथै शुभकामना आदानप्रदान गरेका हुन् । “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना काठमाडौको टुडिखेलमा पहिलो दिन माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवको समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्यूले गर्नुभएको थियो ।महान दश बर्षे जनयुद्धको डिपुटी कमाण्डर ,नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले ह्यापी माघे सकराती २०७६ को बेलुन उडाएर समुद्घाटन राजधानिको केन्द्रबिन्दु टुडिखेलमा सम्पन्न सहित साँस्कृतिक महोत्सवमा कार्यक्रममा,भाषिक, धार्मिक, सामाजिक सद्भाव, सहिष्णुता र सामिप्यताको निरन्तरतालाई सहकार्य र कार्यगता एकता गरि राजधानीको केन्द्रविन्दु टुडिखेलमा धुमधाम साथले मनाएका पछि समापनमा सरसफाइ अभियान थालेका थिए।
सरसफाइ कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरसहितको टोली खटिएको थियो । सरसफाइमा मगर महिला विद्यार्थी सम्पर्क समितिका पदाधिकारी तथा स्वयम सेवकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।माघे सकराती पर्व – हाम्रो गौरव, सफा टुँडिखेल हाम्रो शान टुँडिखेल सरसफाइ अभियानको ब्यानर सहित उनीहरुले टुँडिलेलमा भएका प्लास्टिक, कागज, ब्यानर, ब्यानर लगायतका सबै फोहरको ब्यवस्थापन गरेका थिए ।
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना काठमाडौको टुडिखेलमा पहिलो दिन माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवकोलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइमन्त्री विना मगरले मगर समुदायले समाज राष्ट्रपरिवर्तनमा निकै ठूलो भूमिका खेलको बताउनुभयो । मगर जाति नेपालको पहिचान र इतिहास बोकेर उभिएको जाती भएकाले पहिचानहरुका आवाजमा अझै बुलन्द गर्नुपर्ने बताउनु भयो । 

नेपाल मगर संघ केन्द्रिय समितीको अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको सयोजकत्वमा हुने मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित “माघेसकराती सांस्कृतिक महोत्सव–२०७६” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागी उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि सहित भब्य रुपमा टुडिखेलमा मनाएका छन। माघ १ गते मौलिक झाँकी सहित हर्ष उल्लाहसका साथ टुडिखेल मैदानमा पुगेर मगर मानब सभ्यतामा आधारित रहेर माघे सकराती मनाएको छ।
माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूम लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

मगरसंघले वर्षेनी माघे सकरातीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
माघे सकराती मानाउन उपस्थित लाफाहरु


र्यालीमा नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नबीन रोका मगर ज्युको नेत्रित्वमा अघि बड्दै गरेको तस्बिर


सम्बोधन गर्दै नेपाल मगर सघको एबम् नेपाल आदिवासी जनजाती महासंघको संस्थापक अध्यक्ष शुरेश आले मगर ज्यु

नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले सम्बोधन गर्दै
नेपाल मगर सघ सम्पर्क समन्वय केन्द्रिय समितीको अध्यक्ष होमराज खपाङ्गी मगर ज्यु कार्यक्रम बोल्दै गरेको तस्बिर

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar