मुख्य सचिव
सविन पुलामी मगर’साकार’
नेपाल मगर सघ प्रदेस समिती प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरात
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित टुडिखेलमा माघ १ र २ गते मनाउदै माघे सकराटी मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । यसै सन्दर्भमा “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा सहित टुडिखेलमा माघ १ र २ गते मनाउने भएको छ।माघ १ गतेका दिन नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूको समुद्घाटनमा राजधानिको केन्द्रबिन्दु टुडिखेलमा सम्पन्न हुन गईरहेको दुई दिने साँस्कृतिक महोत्सवमा कार्यक्रममा,भाषिक, धार्मिक, सामाजिक सद्भाव, सहिष्णुता र सामिप्यताको निरन्तरतालाई सहकार्य र कार्यगता एकता गरि राजधानीको केन्द्रविन्दु टुडिखेलमा मनाउने भएको हो।नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको सयोजकत्वमा हुने मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित निम्न मिति, स्थान र समयमा “माघेसकराती सास्कृतिक महोत्सव–२०७६” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ ।
विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरुको पहिचान हो । नेपालका आदिवासी जनजातिमध्ये मगर, थारु, मैथली, नेवार र किराँत सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । त्यत्तिमात्र होइन, नेपालका आर्यमूलका सम्प्रदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुले माघे संक्रान्तिलाई माघि पर्वको रुपमा मनाउँछन् । मगरहरुले ‘माघे संक्रान्ति’ भनेर मनाउँछन् ।
नेपालका आदिवासी जनजाति समुदायहरु मध्ये सबैभन्दा ठूलो समुदाय मगरहरु यो माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन् । मगरको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगरहरु प्रकृतिपूजक हुन् । माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रुपमा लिने गरिन्छ । प्राचीनकालमा मगरहरुको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ ।
वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भित्र्याएर ढुक्क भएको समय पर्छ, माघे संक्रान्तिको बेला । माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमुल, सखरखण्ड, तरुल खाने चलन मगर समुदायमा छ ।
मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रुपमा मानेका छन् । विशेष गरेर गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरुले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अगाडि नै मगरहरुले घरघरमा जाँड राख्ने गर्दछन् । संक्रान्तिको केही दिनअगाडि मगर महिलाहरु नजिकको पधेंरो, खोलामा गएर रक्सी पार्ने गर्दछन् भने पुरुषहरु वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल खन्ने गर्छन् ।
माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनु पर्छ । हाम्रा पुराना संस्कार र संस्कृतिहरु इतिहासको विरासत हो । माघे संक्रान्ति मगरहरुको पहिचानको पर्व हो । विविधता हाम्रो सम्पत्ति हो, विपत्ति होइन ।
पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरुको लागि तयारी गरिन्छ । सखरखण्ड तरुलहरु पनि पुसमा पकाए माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । भोलिपल्ट अर्थात् माघ १ गते सबै चोखोनितो हुने भनेर घर लिपपोत गरिन्छ । सबेरै पुरुष महिला नजिकको खोला, पधेंरोमा गएर स्नान गर्ने गर्छन् । त्यसमाथि पनि पवित्रधाम गुल्मीको रिडी, पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेती लगायत नदी किनारमा गएर नुहाएर पवित्र बनेर मरेका पुर्खालाई डि. डाके (मुठी दान) गर्ने गर्छन् ।
नदीमा नुहाएपछि खोला किनारमा केराको पातमा एकमाना चामलमा एकमाना मासको दाल भिजाएर मुछि नौवटा डल्ला बनाएर पुर्खाको प्रतीक बनाइन्छ । त्यसपछि त्यस डल्लालाई पितृ सम्झी अदुवा, बेसार र मर्चा (रक्सी बनाउने मुल औषधी) राखेर आफ्ना दिवंगत पुर्खाको मुहार सम्झेर घ्यूको धुप हालेर पूजा गरिन्छ । यसरी हेर्दा माघे संक्रान्ति मगर समुदायको पितृ पूजा गर्ने पवित्र दिन पनि हो ।
रोल्पा रुकुमका मगरहरुले माघे संक्रान्ति पर्वलाई अझ मौलिक रुपमा मनाउने गर्छन् । पुस मसान्तको दिन आफ्नो भाइखलकमा सुँगुर काटेर माघे संक्रान्तिको तयारी गरिन्छ । मसान्तकै बेलुकी सुँगुरको मासु, तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाउँमा चढाउने गरिन्छ । पितृलाई रक्सी अनिवार्य चढाइन्छ । यसैगरी घरघरमा आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल तरुल) दिने चलन छ । त्यो चामल, दाल, तरुल लिएर गाउँका युवतीहरु पधेंराखोलामा गएर पकाउने गर्दछन् । यसरी खोला पधेंरा जाँदा कपडाको पुतली बनाएर सँगै लैजाने गरिन्छ ।
खोलामा युवतीहरुले पकाएको भात जाँड गाउँका युवाहरु गएर खोसेर खाने चलन समेत छ । खाना खाएपछि पुतलीलाई मरिन् भनेर जलाई रुँदै खोलामा बगाइदिने र रुने गर्दछन् ।नदी किनारको काम सकेपछि गाउँका युवायुवतीलाई गाउँको पायक पर्ने ठाउँमा जम्मा हुन्छन् । कतिपय ठाउँमा गाउँका युवतीहरु टीका लगाइदिन गाउँ डुल्ने गर्दछन् । यसरी डुल्दा उनीहरुले दक्षिण पाउँछन् । त्यसपछि तारो हान्ने खेल सुरु हुन्छ । गाउँले सबै जम्मा भएर काठको फ्लेकमा निशाना साधेर पहिले पहिले धनुषवाण आजकल बन्दुकले तारो हानिन्छ । यसरी तारो हान्दा फलेकमा गाउँका युवतीहरुले अँगार अथवा अन्य चिजले निशाना बनाई तारो हान्न युवाहरुलाई प्रेरित गरिन्छ ।
फ्लेक नजिकै बासा (थैली) भित्र इनाम रकम पनि राखिन्छ । गाउँका तन्नेरीहरुले राखेको निशानमा तारो सके भने थैलीभित्र राखेको रकम इमान स्वरुप लिन पाइन्छन् । निशाना फेल भयो भने थैलीभित्र राखिएको रकमको दोब्बर रुपैयाँ दण्ड जरिवाना सरह युवतीलाई दिनुपर्छ । कतिपय बेलामा तन्तेरीलाई जिस्क्याउन तरुनीले निशानामा तारो हान्नेसँग विवाह गर्न सर्त राखेर तारा खेल रोमाञ्चक बनाउँछन् । यसैगरी माघे संक्रान्तिकै दिन युवायुवतीबीच पारसी (गाँठो फुकाउने) खेल खेल्ने गरिन्छ।
यसरी पवित्र नदी किनारमा तीर्थ स्थलमा पूजा गरेपछि घरमा गएर निम्तालु चेलीबेटीलाई बेसारले रंगाएको चालमको टीका लगाई लगाई दिएर गच्छेअनुसार दानदिने चलन छ । चेलीबेटीले माइती आउँदा रक्सी सेलरोटी ल्याउने चलन छ । बिहानको यी प्रक्रिया सकेपछि खाली पेटमा सखरखण्ड, तरुल र खिचडी (चाल, दाल, घिउ राखेर पकाएको विशेष परिकार) खाने गरिन्छ । त्यसपछि दिउँसो सुँगुर, कुखुराको मासुसँग रक्सी पकाएर नाचगान गर्ने गरिन्छ । कतिपय मगरबस्तीहरुमा हाट बस्छन् ।
यसैगरी धौलागिरी मेगका मगरहरुले यो पर्वलाई धनुषवाण हानेर भव्यताका साथ मनाउने चलन छ । म्याग्दीका पुनमगरहरुले काठमाडांैमा विशेष प्रतियोगिताका साथ धनुषवाण हानेर माघे संक्रान्तिको रौनक बढाउने गरेका छन् । मगर समुदायको छाता संगठन नेपाल मगर संघले यो पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्छ भनेर दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकाल २०६५ सालदेखि माघ १ गतेलाई सार्वजनिक बिदा दिने चलन चलेको छ ।
त्यसबेलादेखि प्रत्येक वर्षको माघ १ गते नेपाल मगर संघको आयोजनामा काठमाडौंको टुँडिखेलमा नेपाल सरकारका प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा माघे संक्रान्ति पर्व मनाउने प्रचलन चलिआएको छ ।
मगरहरु पश्चिम महाकाली भन्दा पर दोधार चाँदनीदेखि पूर्व मेचीसम्म हिमालयदेखि दक्षिणी किनारासम्म फैलिएर बसे तापनि सबैतिर माघे संक्रान्तिलाई मनाउने चलन छ । क्षेत्रअनुसार मगरहरुको संस्कार, संस्कृति र जीवनशैली केही फरक भए पनि माघे संक्रान्ति पर्व मनाउने सम्बन्धमा त्यत्ति भिन्नता छैन । दिवंगत आत्मालाई सम्झेर श्रद्धा गर्ने परम्परा सबै भेगको मगरहरुबीच सामञ्जस्ता भेटिन्छ । त्यसैगरी माघे संक्रान्तिको दिन आफ्ना चेलीबेटी कुटुम्बलाई निम्तो गरेर घरमा बोलाई मीठा मीठा परिकार खुवाउने चलन सबै मगर समुदायमा चलिआएको छ । यसैगरी आफ्नो परम्परागत नाचगान गरेर त्यसदिन रमाइलो गर्ने गरिन्छ ।
मगरहरु प्रकृतिपूजक मात्र होइनन्, उनीहरु मृतआत्मा र अलौकिक शक्तिका उपासक पनि देखिन्छ । माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनु पर्छ । हाम्रा पुराना संस्कार र संस्कृतिहरु इतिहासको विरासत हो । सम्पूर्ण मानव समुदायभित्रको एउटा भुल्नै नहुने सांस्कृतिक सम्पदा मगरहरुको माघे संक्रान्ति पर्व हो । माघे संक्रान्ति मगरहरुको पहिचानको पर्व हो । यो पर्वलाई तडकभडक गरेर मनाउनुभन्दा यसको परम्परागत सामाजिक संस्कारलाई बुझेर मनाउनु जाति हुन्छ ।