काठमाडौं:- सविन पुलामी मगर ‘साकार’
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना काठमाडौको टुडिखेलमा पहिलो दिन माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवको समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्यूले गर्नुहुने भएको छ ।नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले ह्यापी माघे सकराती २०७६ को बेलुन उडाएर समुद्घाटन राजधानिको केन्द्रबिन्दु टुडिखेलमा सम्पन्न सहित साँस्कृतिक महोत्सवमा कार्यक्रममा,भाषिक, धार्मिक, सामाजिक सद्भाव, सहिष्णुता र सामिप्यताको निरन्तरतालाई सहकार्य र कार्यगता एकता गरि राजधानीको केन्द्रविन्दु टुडिखेलमा मनाएको हो।
विषेश अतिथीको रुपमा खानेपानी मन्त्री बिना मगर ज्यु उपस्थित रहेको थियो।नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको सयोजकत्वमा हुने मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित निम्न मिति, स्थान र समयमा “माघेसकराती सास्कृतिक महोत्सव–२०७६” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागि उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि हुने भएको छ । माघ १ गते मौलिक झाँकी सहित हर्ष उल्लाहसका साथ टुडिखेल मैदानमा पुगेको छ।
माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूम लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।
माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ। यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति “मगर” समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन्। भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगरकाइके बोल्ने गर्दछन्। मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।
पर्व विदा छिट्टै पुनरावलोकन गरियोस :- नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नविन रोका मगर
“माघेसकराती सास्कृतिक महोत्सव–२०७६” आयोजना अध्यक्षता ग्रहन गरि बोल्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नविन रोका मगर ज्युले भन्नुभयो सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरेका छन्। सरकारले विभिन्न सांस्कृतिक पर्वहरुको विदा कटौती पश्चात् नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासी सम्वद्ध संघसंस्थाहरुले आन्दोलन गरेपश्चात् सरकारले विदा कटौती पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको उनले बताए।
जनताको संघर्षले प्राप्त गरेको अधिकार सरकारले खोस्नु नहुने भन्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले मुलुक समृद्ध बनाउने अभियान सबैको आफ्नो भएको बताए। जनतालाई दुखी बनाएर उनीहरुको अधिकार खोसेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै उनले राजनितीक दलहरु सिमित राजनीतिक स्वार्थ छाडेर त्यसभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। ‘यो संघिय गण्तान्त्रात्मक मुलुककको मर्म पनि हो । माघे सकराती लगायत सम्पूर्ण संस्कार संस्कृतिहरु जस जसले मान्दै आएका छन् त्यो उनीहरुको मात्र होइन। सबै नेपालीहरुको हो। यसलाई मास्ने होइन यसलाई अगाडी बढाउने हो’, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नविन रोका मगर ज्युले भन्नुभयो।
मगर समुदायले माघे सकराती पर्वमा आफ्नो चेलिबेटीहरुलाई पूजा गर्ने चलन रहेको भन्दै उनले विभिन्न खानेकुरा तथा उपहारहरु यस सकरातीमा दाजुभाइ,माइतीहरुले चेलिवेटीलाई दिने चलन रहेको बताए। यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको जानकारी दिनुभएको छ।
मगर जातिमा सामुहिक रुपमा माछा मार्ने चाडको बिधान छ । यसलाई मैन्यारी तथा स्वाङगे प्रथा भनिन्छ । यस प्रथामा विशेषगरी जेठ असारतिर वर्षात नभई खडेरी पर्न गएमा नजिकको खोला वा नदीमा वरपरका आठ गाउँका मानिसहरू भेला भई बाजागाजा सहित माछा मार्न जाने चलन छ । यस अवसरमा दुई जना स्वाङगे बनाईन्छ । ती स्वाङगेहरूलाई हिलो माटो घसेर बिरूप तुल्याईएको हुन्छ । स्वाङगेहरुले जाँघमा लिंग स्वरूपको लामो काठ च्यापी दुई हातले समात्दै नजिकको मूलमा लिंग स्वरूप काठले कोट्याउँछन् । यसमा एउटा आदिम मानव चेतनाको अवशेष भेटिन्छ ।
मानवको आदिम अवस्था नाङ्गो थियो । लिंग स्वरूप काठले मूलमा कोट्याएर बर्षात हुने बिश्वास गर्नु पुरूष र स्त्री बीच सम्पन्न हुने यौन क्रीडालाई प्रतिबिम्बित गरिएको हो । लिंग र योनी अर्थात सृष्टिकारक र सर्जक बीचको समागमबाट सिर्जना अपेक्षा गर्नु स्वाभविक छ । थारू समुदायमा पनि जेठ असारमा बर्षात नभएमा रातीको समयमा थारू बठिन्याहरू निर्वस्त्र भई गाउँको गल्ली गल्लीमा डौरिने, हलो जोत्ने, आदि अनेकन उपद्रवहरू गर्ने र यसो गरेमा पानी पर्छ भन्ने विश्वास छ । यसरी दुबै जााितमा बर्षातका सन्दर्भमा समान किसिमको बिधान र विश्वास कसरी स्थापित भयो ? थारू जातिमा पनि बिशेषगरी माघी पर्वका सन्दर्भमा गाउँ भरिका मानिसहरू सामुहिक रूपमा माछा मार्न जाने चलन छ । माघी पर्वमा एकदिन माछा मार्नका लागि नै छुट्याईएको हुन्छ । थारू र मगर दुबै जातिमा माघी पर्व एक हप्तासम्म बिशेष उल्लासका साथ मनाउने चलन छ ।
थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाईन्छ । दुबै जातिका महिलाहरूमा पैसाका माला, चाँदीका बाला, नाकमा ठुृला किसिमका नठिया, पैसाका औंठी, थारू जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारू जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्न फूलीमा समानता छ ।
थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाईन्छ । दुबै जातिका महिलाहरूमा पैसाका माला, चाँदीका बाला, नाकमा ठुृला किसिमका नठिया, पैसाका औंठी, थारू जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारू जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्न फूलीमा समानता छ । दुबै जातिका पुरूषहरूले कानमा कुन्डल र भेग्वा (लगौंटी ) लगाउने पुरानो चलन देखिन्छ ।
हालैका अनुसन्धानले १८ मगरात क्षेत्रमा पर्ने हुङगी्र नदी (रोल्पामा पर्ने) र हङगेरीको स्पेलीङमा पाईने हङग्री मगर जातिको भाषा र हङगेरीको माग्यार भाषा बिच पाईने केही समानताका अधारमा हङग्री नदीकै वरपरका वासिन्दा हुन् भन्ने थालिएको छ माघ
१ गते अाज ११ बजे काठमाण्डौँ-भृकुटीमण्डपमा भृकुटी मण्डपबाट ¥याली सुरु हुदै टुडिखेलको मैदानमा उपस्थित हुनपुगेको थियो।
नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराकासाथ माघे संक्रान्ति मनाउने जानकारी दिएको हो ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको जिकिर गरेका छन् ।
उहाले भन्नुभयो,‘माघे सकराती मगर समुदायको विशेष चाड भएपनि गैर–समुदायको पनि चाड हो, अर्थात राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस सकरातीलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ, यहाँभन्दा पहिलेको र अहिलेको माघे सकरातीमा धेरै फरक छ।’वर्तमान स्थितिमा नेपाली कला, संस्कृति सक्तासँग जोडिएको बताउँदै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युल यस माघे संक्रान्तिसँग आन्दोलनजस्तो शब्द प्रयोग गर्न बाध्य भएको स्पष्ट पारे ।
उहाले भने,‘राज्यले हामीलाई उपेक्षा गरेको छ, हाम्रो संस्कृतिको सम्मान स्वरुपमा एकदिन बिदाबाहेक अरु सम्मान दिएको छैन, अन्य चाडपर्वहरुमा नेपाली सेनाले तोप सलामी दिन्छ, खै त हाम्रो माघिमा तोप पड्काएको ? यो त एक उदाहरण मात्रै हो ।’
मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालको मूल मर्मलाई नेपालको संविधानले आत्मसात गर्दै यि साँस्कृतिक सभ्यताहरुको संरक्षण र सम्बर्धन गर्न तथा राष्ट्रिय मान्यता र सम्मान दिन नेपाल सरकारले सार्वजनिक बिदा दिइँदै आएको सर्बविदितै छ । पछिल्लो चरणको सरकारले आर्थिक समृद्धिको नाममा नेपालका आदिवासी जनजाति लगायतका लोपन्मोख सिमान्तकृत समुदायहरुले प्राचिन काल देखि मनाउदै आएको साँस्कृतिक चाडपर्वहरुमा दिइदै आएको सार्बजनिक बिदालाई कटौती गरेको प्रति हाम्रो घोर आपत्ती रहेको छ ।
माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा भएको मागर माघे सकराती महोत्सव बोल्दै उहाले अघि थपे,‘परापूर्वकालदेखि नै चलिआएको चाडलाई हामीले विगतका वर्षहरुमा साँस्कृतिक, समाजिक र भावानात्मक तरिकाले मनाउदै आएका थियाैँ, आजको दिनमा हाम्रा तमाम अधिकारहरु प्राप्त गर्न बाँकी छन्, यस्ता अधिकारहरु सम्बोधन र सुनिश्चित गर्नको लागि हामीले यस पालिको माघे सकरातीलाई आन्दोलनको रुपमा मनाएको हो।
नेपालका प्रायः सबै जिल्लाहरूमा बसोवास गर्दै आएका मगरहरूले माघे सकराती भव्य रूपमा मनाउँदै आएका छन्। यो उनीहरूको प्रमुख चाड हो। मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सकरातीलाई सम्पूर्ण नेपालीहरूले राष्ट्रव्यापीरूपमा धुमधामका साथ मनाउने गर्दछन्।
मगर जातिले चेली पूज्ने पर्व ‘माघे सकराती’
प्रकृति पूजक मगर समुदाय नेपालमा ठूलो संख्यामा बसोवास गर्दै आएका छन्। कला संस्कृति तथा चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय ०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायमध्येको पहिलो ठूलो संख्या भएको जाति हो।
मगर समुदायमा यो पर्व खासगरी सकरातीको दिन मात्र मानाइए तापनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलहरूमा गएर मनाउने हो भने त्यसको तयारीमा जुटिरहेका हुन्छन्। सरसामानको किनबेच र व्यवस्थापन गर्दा गर्दै सकराती आइपुग्छ। यसको दुई तिन दिनसम्म पनि मगर घर सकरातीमय हुन्छ। त्यसैले तीन चार दिनदेखि एक हप्तासम्म पनि माघे सकराती मनाउने चलन रहेको पाइन्छ।
विभिन्न समाज, समुदाय र स्थान अनुसार यो चाडको मूल्य मान्यता र चाल चलनहरू फरक-फरक हुन सक्छ। यहाँ मगर समुदायमा मनाइने माघे सकरातीको अवसरमा गरिने विभिन्न चालचलन र संस्कारहरूको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ।
मिश्रा बाँड्ने : माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ। चेलीहरूलाई पुज्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने चलन छ। जसलाई हामी खस भाषामा उपहार भनेर चिन्न सक्छौँ।
माघे सकराती वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरी बुवा दाजु या भाइले सबैको चेलिबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन्। घरमा उपस्थित सम्पूर्ण दिदिबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजूभाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ।
सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनैपनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ। उनको घरमा खानेकुराहरू केही पनि खानु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभरी चल्ने गर्छ।
मस्यान्द्रा खेल्ने : गाँउघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाँउटोलका साथीहरूसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटी सहित पाँच/दश रुपैयाँ दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसंग रमाइलो गर्दै खाने गरिन्छ।
झोम्पलेनी लगाउने : डाँठ निस्कनुभन्दा अगाडिको जौ को विरुवा जसमा पात मात्र हुन्छ। त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरूलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन रहेको छ। यसरी चेलीहरूले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ।
श्याम्भो गाउने : स्याम्भो गाउने माघे सकरातीको विशेष परम्परात हो। सकरातीको दिन साँझपख देखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःख सुःखका कुराहरू एकप्रकारको लया भाकामा मिलाएर गाउने गीतलाई ‘श्याम्भो गीत’ भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्दछन्। यो संक्रान्ति पछि दुई/तीन दिनसम्म पनि चल्न सक्छ।
तारो हान्ने : सकरातीमा तारो हान्ने मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ त्यसलाई फूलपाती लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ। यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन/चार दिनसम्म चल्ने गर्दछ। उहिले तारो हानेर बिहे गर्ने चलन थियो। अहिले त्यो परम्परा भने हराइसकेको छ।
पितृको सम्मान : आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापित्रको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ।
आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। यस बाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रंग, अबिर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ।
माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो। त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ।
अहिले यी परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ। तर, हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौं भने यो हराएर जाने सम्भावना रहन्छ।
झोर्ले,जेदो,सिमेपउ, धन्यवाद।।