‘माघे सकराती मगर समुदायको एक महत्वपूर्ण महान राष्ट्रिय सांस्कृतिक पर्व हो : उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’


काठमाडौं ।सविन पुलामी मगर ‘साकार’

मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै ‘माघे सकराती ’ पर्व मनाएका छन् । बुधबार टुँडीखेलमा भेला भएका मगर समुदायले आ-आफ्नो कला संस्कृतिको प्रदर्शनका गर्नुका साथै शुभकामना आदानप्रदान गरेका हुन् । “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना काठमाडौको टुडिखेलमा पहिलो दिन माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवको समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्यूले गर्नुहुने भएको छ ।महान दश बर्षे जनयुद्धको डिपुटी कमाण्डर ,नेपाल सरकारको सम्मानिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर ‘पासाङ ‘ज्यूले ह्यापी माघे सकराती २०७६ को बेलुन उडाएर समुद्घाटन राजधानिको केन्द्रबिन्दु टुडिखेलमा सम्पन्न सहित साँस्कृतिक महोत्सवमा कार्यक्रममा,भाषिक, धार्मिक, सामाजिक सद्भाव, सहिष्णुता र सामिप्यताको निरन्तरतालाई सहकार्य र कार्यगता एकता गरि राजधानीको केन्द्रविन्दु टुडिखेलमा धुमधाम साथले मनाएका छन।

माघे सकराती पर्वको अवसर पारेर नेपाल मगर संघद्वारा आयोजित ‘माघे सकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ मा मगर वेशभूषा, कला संस्कृति तथा मगर समुदायको मौलिक खानाको परिकार प्रदर्शनीमा राखिएको थियो ।

माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवको समुद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनमगर’पासाङ ज्युले विभिन्न जातजातिको मौलिक कला संस्कृतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने बताउनु भयो। उहाँले समृद्ध नेपाल निर्माण गर्न विभिन्न समुदायको कला संस्कृति तथा चाडपर्वलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिदै माघे सकराती मगर समुदायको एक महत्वपूर्ण चार्ड मगर मानब सभ्यता स्थापित सास्कृतिक चाड भएको बताउनु भयो ।

“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना काठमाडौको टुडिखेलमा पहिलो दिन माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवकोलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइमन्त्री विना मगरले मगर समुदायले समाज राष्ट्रपरिवर्तनमा निकै ठूलो भूमिका खेलको बताउनुभयो । मगर जाति नेपालको पहिचान र इतिहास बोकेर उभिएको जाती भएकाले पहिचानहरुका आवाजमा अझै बुलन्द गर्नुपर्ने बताउनु भयो ।
नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको सयोजकत्वमा हुने मगर समुदायको विविध मौलिक साँस्कृतिक प्रस्तुति र परम्परागत खानपिनको प्रर्दशनी सहित “माघेसकराती सांस्कृतिक महोत्सव–२०७६” आयोजना गरिएको हुनाले मौलिक भेषभूषा सहित स–परिवारलाई सहभागिताका लागी उक्त कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रर्दशनी, धनुणबाँण हान्ने तथा एक आपसमा शुभकामना आदान–प्रदान आदि सहित भब्य रुपमा टुडिखेलमा मनाएका छन। माघ १ गते मौलिक झाँकी सहित हर्ष उल्लाहसका साथ टुडिखेल मैदानमा पुगेर मगर मानब सभ्यतामा आधारित रहेर माघे सकराती मनाएको छ।
माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूम लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।
“माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बडौँ। मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं ।।” भन्ने मूल नारा सहित नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु)को सहआयोजनामा यहि मिति २०७६ माघ १ र २ गते काठमाडौको टुडिखेलमा सभ्य र भब्यका साथ माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक महोत्सवको समुद्घाटन सम्माननीय उपराष्ट्रपति ज्युको स्वस्थ्यको चिसोको कारण देखिएको समस्या बाजुत पनि शुभकामना सन्देश दिदै नेपालको मौलिक कला–सँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित अनुसार आन्नन्द लिभएको भएको छ।


नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति “मगर” समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन्। भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगरढुट), अठारमगरात (मगरखाम÷पाङ) र मगरकाइके बोल्ने गर्दछन्। मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।

पर्व विदा छिट्टै पुनरावलोकन गरियोस :- “माघेसकराती सांस्कृतिक महोत्सव–२०७६” आयोजना अध्यक्षता ग्रहन गरि बोल्दै नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको अन्तराष्ट्रिय समिती अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नविन रोका मगर ज्युले भन्नुभयो सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरेका छन्। सरकारले विभिन्न सांस्कृतिक पर्वहरुको विदा कटौती पश्चात् नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासी सम्वद्ध संघसंस्थाहरुले आन्दोलन गरेपश्चात् सरकारले विदा कटौती पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको उहाले बताउनुभएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको मुख्य आयोजना र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ) लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु) साथै काठमाडौं उपत्यका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा भेला भएर कार्यक्रमको समापन गर्दै संस्थाका उपाध्यक्ष गंगाखासु मगरले राज्य ४ जात ३६ बर्णको साझा फुलबारी भएकाले सरकारले हाम्रो समुदायको अधिकार खोस्न नहुने बताउनुभयो ।
समापनमा “माघेसकराती सांस्कृतिक महोत्सव–२०७६” आयोजना गरिएको सफल भएको साथै माघेसकराती सांस्कृतिक महोत्सव–२०७६ सफल पार्नुहुने सबैलाइ सम्मान गर्नुभएको थियो। फोहोर भएको टुडिखेल नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युको नेत्रित्वमा सफा सुन्दर टुडिखेल परिनत भएको छ। टुडिखेल सरसफाइ अभियान रिडी ग्रुप बोर्ड डाइरेक्टर एबम् सफाइ अभियान्ता डिबी आले मगर डोको,पञ्जा लिएर टुडिखेलको मैदानमा पुग्नुभएको थियो।अहिले नेपाल फोहोरी देशहरु मध्य १० नम्बरमा पर्छ ।हामी हाम्रा मगरहरुलाई पनि फोहोर नगर्न सिकाउनु छ । तेही सन्देश ब्यापक बनाउन पर्छ भन्ने मान्यता हो भन्नुभयो। माघेसकरातीमा टुडिखेल फोहोर भएको सरसफाइ गरि नया सन्देश दिएको छ।सरसफाइ अभियानमा नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष एबम् नेपाल मगर संघ केन्द्रिय अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्यु ,नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघको केन्द्रिय उपाध्यक्ष गंगाखासु मगर,नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर र नेपाल मगर संघ प्रदेश नः३ (नेवाः ताम्सालिङ) मुख्यसचिब सविन पुलामी मगर, उपाध्यक्ष मञ्जुथापा मगर लगाएत प्रतिनिधी लगायत काठमाडौं उपत्यकामा क्रियाशिल संघ सस्थाहरु (भातृसस्थाहरु, जिल्ला समन्वय समितिहरु र आबद्ध सस्थाहरु) चर‌चित कलाकारहरुको उपस्थितमा टुडिखेल सफा पर्नजभएको छ।

विभिन्न समाज, समुदाय र स्थान अनुसार माघे सकराती चाडको मूल्य मान्यता र चाल चलनहरू फरक-फरक हुन सक्छ। यहाँ मगर समुदायमा मनाइने माघे सकरातीको अवसरमा गरिने विभिन्न चालचलन र संस्कारहरूको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ।

मिश्रा बाँड्ने : माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ। चेलीहरूलाई पुज्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने चलन छ। जसलाई हामी खस भाषामा उपहार भनेर चिन्न सक्छौँ।

माघे सकराती वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरी बुवा दाजु या भाइले सबैको चेलिबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन्। घरमा उपस्थित सम्पूर्ण दिदिबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजूभाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ।

सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनैपनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ। उनको घरमा खानेकुराहरू केही पनि खानु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्‍याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभरी चल्ने गर्छ।

मस्यान्द्रा खेल्ने : गाँउघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाँउटोलका साथीहरूसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटी सहित पाँच/दश रुपैयाँ दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसंग रमाइलो गर्दै खाने गरिन्छ।

झोम्पलेनी लगाउने : डाँठ निस्कनुभन्दा अगाडिको जौ को विरुवा जसमा पात मात्र हुन्छ। त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरूलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन रहेको छ। यसरी चेलीहरूले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ।

श्याम्भो गाउने : स्याम्भो गाउने माघे सकरातीको विशेष परम्परात हो। सकरातीको दिन साँझपख देखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःख सुःखका कुराहरू एकप्रकारको लया भाकामा मिलाएर गाउने गीतलाई ‘श्याम्भो गीत’ भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्दछन्। यो संक्रान्ति पछि दुई/तीन दिनसम्म पनि चल्न सक्छ।

तारो हान्ने : सकरातीमा तारो हान्ने मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ त्यसलाई फूलपाती लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ। यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन/चार दिनसम्म चल्ने गर्दछ। उहिले तारो हानेर बिहे गर्ने चलन थियो। अहिले त्यो परम्परा भने हराइसकेको छ।

पितृको सम्मान : आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापित्रको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ।

आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। यस बाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रंग, अबिर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ।

माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो। त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ।

अहिले यी परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ। तर, हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौं भने यो हराएर जाने सम्भावना रहन्छ।

झोर्ले,जेदो,सिमेपउ, धन्यवाद।।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar