मन भन्छ गृहमन्त्रालय उपसचिव नरेन्द्र राना मगर

मन भन्छ….

मन भन्छ
आकाशमा उड
तन भन्छ
पखेटा खोइ ?

मन भन्छ
फूल झैं फूल
परिवेश भन्छ
बोट खोइ ?

मन भन्छ
नदी झैं बग
बाटाले भन्छ
पैताला खोइ ?

मन भन्छ
संसारलाई जीत
सामर्थ्य भन्छ
तिम्रो सेना खोइ ?

मन भन्छ
धनी बन्नुनपर्छ
इलमले भन्छ
बेइमानी खोइ ?

मन भन्छ
सबको प्यारो बन
व्यवहारले भन्छ
प्रियता खोइ ?

सधैं सफल होऊ
कर्मले भन्छ
पुरस्कार खोइ ?

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar