नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि : गृहमन्त्री रामबहादुर थापा मगर’बादल’


काठमाडौं । नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”ज्यले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताउनुभएको छ । अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताउनुभएको हो । “चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,” गृहमन्त्री ‘बादल’ ज्युले भन्नुभयो । गृहमन्त्री ‘बादल’ज्युले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गर्नुभयो। 

नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”ज्युले तीनमहिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो। उहाँले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताउनुभयो । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar