नेकपा सम्बद्ध आदिवासी महासंघको एकताको समुद्घाटनमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड, गृहमन्त्री ‘वादल’ले सम्बोधन गर्ने


काठमाडौं । नेकपा सम्बद्ध आदिवासी महासंघको एकताको एकता सभामा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल सरकारका माननीय गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका(नेकपा) सचिवालय सदस्य महान दशबर्षे जनयुद्धको महासचिव श्री माननिय रामबहादुर थापा मगर “बादल”,पार्टी महासचिव विष्णु पौडेलले सम्बोधन निश्चित भएको नेपाल आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगरले बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट आदिवासी जनजातिहरुको संगठन आदिवासी जनजाति महासंघ, नेपालको आगामी माघ १३ गते राष्ट्रिय सभागृह काठमाडौमा वृहत आमसभासहित एकता घोषणाको तयारी भइरहेको सो संगठनले जनाएको छ ।

पूर्व एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र माओवादी केन्द्र निकट आदिवासी जनजाति राष्ट्रिय महासंघवीचको एकता पछि बन्ने संगठनको नाम नेपाल आदिवासी जनजाति महासंघ, नेपाल रहने भएको छ । संगठनको संयोजकको जिम्मा शुरेस आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ निश्चित भएका छन् । सो संगठनको लागि पार्टीले इन्चार्जको जिम्मेवारी गोकुल घर्ति मगरलाई तोकेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ, नेपाल हुनु अघि लोकतान्त्रिक आदिवासी महासंघको अध्यक्ष पृथ्वीसुब्बा गुरुङ थिए भने आदिवासी राष्ट्रिय महासंघको प्रमुख शुरेस आले मगर थिए। पूर्व एमाले संगठनमा शेरबहादुर तामाङ, परशुराम मेघी गुरुङ, कृपाशुर शेर्पा, शरण राई लगायत थिए । त्यसैगरी माओवादी केन्द्रको नेतृत्वमा कमानसिंह लामा, दिलिप महर्जन, शान्त चौधरी, दुर्गा राई, आङ्दावा शेर्पा लगायतको नेतृत्व थियो ।
एकतापछि २६१ जनाको केन्द्रीय समिति र ३५ जनाको सचिवालय गठन हुने संगठनको सचिवालय सदस्य दुर्गा राईले बताए । समितिको सहसंयोजक पूर्व संघीय कानून मन्त्री हुन् । संगठनको केन्द्रीय समितिमा रहने दिलिप महर्जन, शान्त चौधरी र कृपाशुर शेर्पा पूर्व मन्त्री हुन् । संयोजक शुरेस आले मगर नेपाल आदिवासी जनजाति महासंघको संस्थापक केन्द्रीय प्रमुख(महासविच) र लामो समयदेखि आदिवासी जनजाति अधिकारको लागि संघर्ष गर्दै आएका स्थापित नेता हुन् । मगर त्यो बेला क्याम्पसको प्रध्यापन पेशा छाडेर माओवादी जनयुद्धमा लागेर नेपाली जनताको मुक्तिको लागि संघर्ष गर्दै आएका व्यक्ति हुन् ।
नेकपा सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालसँग ४० वटा समुदायगत संगठनहरु रहेका छन् । ती संगठनहरुको समेत एकता हुने क्रम जारी रहेको छ । आदिवासी महासंघ, नेपालले प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने, देशलाई समानुपातिक, समावेशी राज्य व्यवस्था कायम हुनुपर्ने पार्टी नेतृत्वसँग प्रष्ट रुपमा माग राख्दै आएका छन् ।
आदिवासी जनजाति समुदायको सांस्कृतिक चाडमा दिइन्दै आएको विदा कटौती र लोक सेवा आयोगले कोटा घटाएकोप्रति आदिवासी जनजाति महासंघ, नेपालले विरोध जनाउदै आएका छन् । यद्यपि आदिवासी महासंघ, नेपालको माग प्रतिकुल निर्णयहुदै गएको अवस्थामा सरकार तथा पार्टी नेतृत्वले एकता सभामा कस्तो धारणा राख्ने हुन चासोको बिषय बनेको छ । कार्यक्रममा विभिन्न आदिबासी जनसमुदायको सांस्कृतिक झाकी प्रदर्शन हुने आयोजकले जनाएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar