“नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछाप मन्थली न.पा.१३को ११औँ साधरण सभा सम्पन्न ।


रामेछाप। नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछाप मन्थली न.पा.१३को ११औँ साधरण सभा सम्पन्न प्रमुख अतिथी:- नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर ज्युले समुद्धाटन गर्नुभयो।मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा साथ सु-सम्पन्न भएको थियो।विशेष अतिथी नेपाल मगर सघ प्र.न.३ नेवा:ताम्सालिङ्ग मगरातकप मुख्यसचिव सविन पुलामी मगर’साकार’, नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापको अध्यक्ष सिबसागर मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापको उपाध्यक्ष प्रनिस आले मगर,निर्वाचित वडा सदस्य नारायण थापा मगर, वाबुराम निर्बाचित वडा सदस्य नाराण थापा मगर, बाबुराम पुलामी मगर, मगर सामाजिक अभियान्ता, डम्बर थापा मगर लगायत बिभिन्न अग्रज ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रमुख अतिथी:- नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर ज्युले भन्नुभयो सुखि मगर समाज समृद्ध मगर समाज सहित मगरात प्रदेश बनाउन मगर नै अगाडी बड्नु पर्ने उँहाले भन्नुभयो हामी मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास जोगाउनु नयाँ पिडिलाइ स्थापित गराउन एक डिक्का भएर अगाडि बड्न निर्देशन दिनुभयो।

कार्यक्रममा बोल्दै भन्नुभयो हामी मगरहरु सास्कृतिक,रिती,रिवाज,चालचलनमा विविध छौँ, भाषिक हिसावमा मगर ढुट, मगर खाम÷पाङ र मगर काइके । यी मध्ये मगर ढुटका वक्ताहरू अत्यधिक सङ्ख्यामा रहेको पाइन्छ । यो भाषा बोल्ने मगरहरू पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी हुँदै पूर्वमा उदयपुर, सिन्धुली, धनकुटा, दार्जलिङ र भुटान हुँदै पश्चिमतिर सुर्खेत जिल्लासम्म बोल्ने गरेको पाइन्छ । मगर खाम÷पाङ विशेष गरी रोल्पा, रूकुम जिल्लाका मगरहरूले बोल्ने गर्दछन्। सबभन्दा कम मगरहरूले बोल्ने मगर भाषा काइके हो । जुन डोल्पाको सहरतारा, टुपतारा र ताराकोट तीन गाउँमा बोल्ने गरिन्छ। खस साम्राज्यकालमा गण्डकी प्रदेशकै तनहूँ, भिरकोट, पाल्पा, गुल्मी र प्यूठानभेकमा मगर जातिका मुखियाहरूले अधीनस्थ सामन्तका रूपमा स्थानीय शासन चलाएका थिए। त्येसैले मगरुहरुको सबै भाषालाइ सम्मान गर्दै लोप हुनबाट जोगाउन पर्छ। साथै सामजिक,आर्थिक,राजनैतिक रुप सगै देशको विकास लागी अगाडी बड्न सुखि नेपाल समृद्ध नेपाल बनाउन मगर नै अगाडी बड्नु पर्ने धारणा ब्यक्त गर्नभयो।
धर्मको रुपमा मगरहरु प्रकृतिक पुजक नै हो मगरहरुले भुमिको गर्नुभएको छ। मगर मानव सभ्यताको विकास भन्दा अगाडी नै मगरात सभ्यताको रुपाम बिकसित भइसकेको थियो।

त्यसै गरि बिशेष अतिथीरुपा सम्बोधन गर्दै नेपाल मगर संघ प्रदेस समिती प्र.नं. ३ नेवा:ताम्सालिङ्गको मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ले सङ्गठन सुद्धिडकरण तथा मगरात पहिचान सहितको सघिय गणतन्त्र नेपालको सहित स्थापन गर्न अवको भुमिका राख्दै भन्नुभयो नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि देखिन्छ ।आदिवासी, मुलवासी एसियाको पुरानो जाती मगर नै हो, मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो।
जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” नेपालको पुरानो नाम नै मगरात हो, मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् ।

गण्डकी, नारायणी, कर्णालीभन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्वसहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं त्यस सम्पुर्ण मगरहरु एक भए लाग्न निर्देशन दिनुभयो।कार्यक्रमा बोल्दै मुख्यसचिव सविन पुलामी मगर ‘साकार’ भन्नुभयो पहिचान (जातीय बाहुल्य ऐतिहासिकता, भाषिक बाहुल्यता वा सांस्कृतिक सघनता) र भूगोल(क्षेत्रीयता) दुबैलाई आ-आफ्नो स्थानमा संबोधन गरेर सहमतिकासाथ जाने बाटो तय गर्नु अहिलेको निकासको सहज र उपयुक्त बाटो हुनसक्छ र हुनुपर्दछ । विश्वको अनुभवले पनि सबैको सहअस्तित्व र पहिचानको सम्बोधन हुने विधि र प्रक्रिया अपनाउनु निकासको एक मात्र बाटो हुनसक्छ ।मगरात राज्य लक्ष्य प्रतिको दृढ निश्चयता नै मगरहरु सबै उपलब्धिको पहिलो बिन्दु हो।सिद्धान्त र नीतिगत क्षेत्रमा नयाँ सोच्ने कुरा आफैँमा पेचिलो र गम्भीर विषय हो । त्यसैले संगठन बिस्तार र बैचारिक तथा सैद्धान्तिक नीति लिएर अधिराज्य भरी मगर समुदायको हक अधिकारको सुनिश्चितता गर्दै मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनको (सङ्घर्ष)सहित अगाडी बड्नुपर्छ। साथै ” मगरहरुको (मगरात) बुद्धीमा नयाँ उज्यालो थप्नुपर्छ, मगरात अवस्थावारे गम्भिर भएर सोँच्दै योजना बनाउदै अनि मगरहरुको मगरात सुनिश्चिताको लागी मगरात राज्य लक्ष्य प्राप्तीको लागी ( दृढ) आन्दोलन निरन्तरता निश्चयता नै मगरहरु सबै उपलब्धिको पहिलो केन्द्र बिन्दु केन्द्रितय
केन्द्रितय बनाउन आबद्ध सम्पुर्ण मगर संगठन र बैचारिक तथा सैद्धान्तिक नीती (साझा मुद्धा नै मगरात हो) मगरात स्थापित गर्न राज्य अधिराज्य भरी मगर समुदायको हक अधिकारको सुनिश्चितता गर्दै मगरात सहितको गणतन्त्र नेपालको लागि आन्दोलनमा एक जुट हुनुको विकल्प नै छैन। मगरात इतिहास हो। मगरात बर्तमानमा स्थापित हुनेछ।संविधान भनेको अन्ततः सम्झौताको दस्तावेज हो ।

त्यहि सम्झौताको दस्तावेजमा मगरात सहितको गणतन्त्र नेपाल बानाउन तपाई हामी सबैको दयित्ब र कर्तव्य हो भन्नुभयो।
साथै नेपाल मगर सास्कृतिक संघ जिल्ला समन्वय समिति रामेछाप जिल्लाको मन्थली न.पा.१३को पदाधिकारि सहित १३ समिती गठन गरेको छ , भने सपद ग्रहन प्रमुख अतिथी:- नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर ज्युले खुवाउनुभएको हो।नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछापको अध्यक्ष सिबसागर मगरले कार्यक्रमा बोल्दै भन्नुभयो राजैतिक आस्ताको हिसाबले विभिन्न भए पनि मगरहरुको साझा मुद्धा मगरातमा एक हुनुपर्ने धारणा ब्यक्त गर्दै रामेछाप बिकासमा अघिबड्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।साथै कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछाप जिल्लाको मन्थली न.पा.१३को ११औँ साधरण सभामा विद्यार्थी सम्मान तथा छात्रा बृति बितरण कार्यक्रममा सौहार्द पुर्ण तरिकाले सुसम्पन्न भएको छ।


प्रमुख अतिथी:- नेपाल मगर संघ सम्पर्क समन्वय समितीको केन्द्रिय अध्यक्ष होमराज खपाङ्गी मगर ज्युले सम्बोधन गर्नुभएको भिडियो क्लिक गर्नुहोला

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar