शारीरिक सम्बन्धमा आशंकाले युवतीमा कुमारीत्व फर्काउने होड

काठमाडौं । नेपालमा मात्र नभएर संसारका धेरै देशमा विवाहपूर्वको यौन सम्बन्धलाई राम्रो मानिदैन । अझ आफ्नो श्रीमानबाहेकसँग शारीरिक सम्बन्ध कायम गर्नु त पक्कै पनि राम्रो विषय हुन सक्दैन ।
पुरुषमा उदार र महिलामा अनुदार हाम्रो समाजमा सकभर रजश्वलापहिले नै विवाह गर्ने मान्यता छ । तर पछिल्लो समय भने बालविवाहमा कमी आएको छ ।
पुरुषले अहिले पनि आफ्नो श्रीमतीसँग पहिलो पटक यौन सम्पर्क गर्दा रगत आएमा कुमारी नै रहेको र रगत नभएमा अन्यसँगको शारीरिक सम्बन्धमा शंका गर्ने गलत प्रचलन कायमै छ ।
अनुसन्धानकर्ताले पहिलो पटक यौन सम्पर्क गर्दा महिलाको योनीबाट रगत नआउने र नदुख्न पनि सक्ने बताएका छन् । तर केहीको भने रगत आउने र दुख्ने हुनसक्छ ।

गलत र अवैज्ञानिक मान्यताका कारण धेरैले कुमारीत्वमाथि आशंका गर्छन् । यौन हिंसालाई पनि यसले प्रोत्साहन गरेको हुन्छ । आजभोलि भने यौनमा नेपाली समाज पनि उदार बनिरहेको छ ।
पछिल्लो समय भने विभिन्न प्रविधिको प्रयोग गरेर महिलाहरु कुमारीत्व कायम गर्ने होडमा होमिएका छन् । योनीलाई टाइट बनाउने र कुमारीत्व कायम गर्नका लागि विभिन्न प्रकारका औषधिको सेवन पनि सुरु भएको छ ।
नेपालमा मात्र होइन संसार नै कुमारीत्व कायम गर्ने होड सुरु भएको छ । अमाजोनले अहिले कुमारीत्व कायम गर्ने भन्दै अनलाइन औषधि बिक्री गरिरहेको छ ।
विभिन्न प्रकारका शल्यक्रिया गरेर योनीलाई आफुअनुकुल बनाउन भने नेपालमै पनि सुरु गरिएको छ । यौनीलाई पहिले कै अवस्थामा फर्काउन भेजाइनोप्लाष्टी गर्न थालिएको चिकित्सकहरुले बताएका छन् ।
भेजाइनोप्लाष्टी सर्जरीमा योनीलाई आफ्नो रुचीअनुसार परिवर्तन गर्न सकिन्छ । योनीलाई आकर्षक बनाउने र योनीको प्वाललाई कसिलो बनाउने काम यसमा गरिन्छ । नेपालमा पनि यो सुरु भैसकेको छ ।
चिकित्सकहरुले यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो नमाने पनि शल्यक्रिया गर्ने दर संसार बढ्दै गएको छ । स्वास्थ्यको लागि यस्तो शल्यक्रिया राम्रो मानिदैन । एक लाख रुपैयाँसम्ममा हुने यस्तो शल्यक्रियापछि चार हप्तासम्म यौन सम्पर्क गर्नु हुँदैन ।
नेपालमा भने अत्यन्तै थोरै व्यक्तिले मात्र यस्तो शल्यक्रिया गरेका चिकित्सकहरुले बताए । निजी मेडिकल कलेज र केही क्लिनिकले यस्तो काम गरिरहेका छन् । कतिपय महिला आफ्नो श्रीमानको दबाबमा यस्तो शल्यक्रिया गर्न बाध्य भएका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar