नेकपा सम्बद्ध आदिवासी महासंघ नेपाल एकता घोषणा सम्पन्न अध्यक्षमा सुरेश आले मगर


काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठन आदिवासी जनजाति महासंघको एकता घोषणा‚ पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । आदिवासी जनजाती महासंघ,नेपाल संयोजक शुरेश आले मगरको अध्यक्षतामा आदिवासी जनजाती महासंघ,नेपाल एकता घोषणा – सभा तथा शपथ-ग्रहन समारोहको प्रमुखअतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु समुद्घाटन सहित पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको हो। एकता घोषणा – सभा तथा शपथ-ग्रहन समारोह कार्यक्रम राष्ट्रिय सभागृहमा पूर्व माओवादी र पूर्व एमालेको आदिवासी जनजाति संगठनहरुको एकता भेला तथा घोषणा सभामा नेकपा सम्बद्ध आदिवासी महासंघको एकताको एकता सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ट उपाध्यक्ष झलकनाथ खनाल,पार्टी महासचिव विष्णु पौडेल,स्थायी समिति सदस्यहरु, मनि थापा, मात्रिका यादव,देव गुरुङ, केन्द्रिय सदस्य नविन रोका मगर, पशुराम तमाङ,चन्द्रकुमार दोङ,माननिय सांसद तुलराम घर्ति मगर’बशन्त’आङतावा शेर्पा,लगायत आदिवासी जनजाति मन्त्रीहरू, सांसदहरुको बाक्लो उपस्थिति रहेको थियो।एेतिहासिक भेलामा दुवै दलका ४० वटा घटक संगठनहरु र सम्पूर्ण आदिवासी जनजातिहरुको प्रतिनिधिमुलक एवं व्यापक उपस्थितिले आदिवासी जनजातिहरुले उठाउँदै आएका पहिचान सहितको संघीयता, र समानुपातिक प्रतिनिधित्व लगायत साझा मुद्दाहरुलाई थप बल पुग्ने बिश्वासका साथ घोषणा सभा र शपथ ग्रहण कार्यक्रमको शोभा बढाउदै पार्टी र नेतृत्वसित पैरवी गर्न हौसला प्रदाब सहितको कार्यक्रम अघि बडेको हो।
नेपाल एकता घोषणा – सभा तथा शपथ-ग्रहन समारोहको प्रमुखअतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवाद विरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताउनुभएको छ ।

आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा–सभा तथा शपथ–ग्रहण समारोहको राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘हामी अझै एकतावद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धी प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ ।’


जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकार सहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम हुन जाने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ ।अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिको बीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘तर कम्युनिष्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जूवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा विल्कुल फरक कुरा हो । यही निर कहिले काही बुद्धिजीविहरु पनि भ्रममा पर्ने गर्दछन् ।’जातिय हक अधिकार साप्रदायिकताको बिषय नभई मुक्ति र समानताको बिषय भएको बताउनुहुँदै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने बिषय भएको अध्यक्षले स्पष्ट पार्नुभयो । अध्यक्षले भन्नभयो, ‘जबसम्म वर्गीय मुक्ति र जातिय मुक्तिको ठीक ढंगले परिभाषित गरेर अगाडि बढिदैन, न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टीको निम्ति र मार्क्सवादीहरुको निम्ति निकै ठूलो सैद्धान्तिक र रणनैतिक महत्वको प्रश्न हो ।’


आदिवासी जनजाती महासंघ,नेपाल संयोजक शुरेश आले मगरको अध्यक्षता गर्नुभन्दा अगाडी बोल्दै भन्नुभयो आदिवासी जनजातीले खोजे मानव पहिचान सघियता हो। हामीले डुङ्गा,माटो,नदि, नाला, वाटोलाइ पहिचान मागेको होइन बगमती,गण्डकी,लुम्बीनी हामीलाइ चाहिएको छैन ,त्यसैल हामी आदिवासी जनजातीले, महिला,मदेशी,दलित ,शोषण उत्पीडनमा परेका वर्ग र समुदायलाई विशेष अधिकार सहित अगाडि ल्याउने वातावतारण नबनाएसम्म समानताको कुरा गर्नु सुखि ,समृद्धीको नारा लगाएर कुनै अर्थ नहुने जानकारि दिनुभयो,उहाले भन्नुभयो हामी आदिवासी जनजाती अोइलेको फुलभएका छौँ, यो नहुनदिन आदिवासी जनजाती महासंघ,नेपालको आन्दोलन महत्व पुर्ण आबश्यक रहेको कुरो वताउनुभएको हो।संविधानले पनि बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक मुलुक रहेको स्वीकार गरेको उल्लेख गर्दै उहाँले आदिवासी जनजातिको हकअधिकार, परम्परा, संस्कृति र पहिचानलाई स्थापित गर्ने कुरामा संविधानले नै पहल लिएको धारणा राख्नुभयो । उहाँले सबै खालको विभेदको अन्त्य गरी समतामूलक समाजिक न्यायसहित सबैको हकअधिकार स्थापना भएको समाज निर्माण गर्ने बताउनुभयो ।


एकता भेला तथा घोषणा सभामा नेकपा सम्बद्ध आदिवासी महासंघको एकताको एकता सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका इन्चार्ज गोकुल घर्तीमगरले वर्ग, जाति, क्षेत्र, लिंग र भाषाका आधारमा अझै पनि उत्पीडन र विभेद कायमै रहेको उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका संयोजक सुरेश आलेमगरले हरेक राजनैतिक परिवर्तनमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पहिचानको आन्दोलन अझै पनि पूरा नभएको तर्क गर्नुभयो ।


आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा–सभा तथा शपथ–ग्रहण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संसदिय दलकोउपनेता देब गुरुङले सम्बोधन गर्दै भन्नुभयो ‘जातीय मुक्तीको कुरा साम्राज्यवादीहरुले अघि सारेको तर्कभन्दा फरक छ । कम्युनिस्टले भनेको जातीय मुक्ति, जातीय साम्प्रदायिकता र जातीय सङ्कीर्णताभन्दा भिन्न रहेको छ,’ उनले भने, ‘पूँजीवादीहरू जातीय कुरा गर्दा साम्प्रदायिकताको कुरा गर्छन् । कम्युनिस्टले भनेको जातीय मुक्ती फरक कुरा हो।’आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडी बड्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।आदिवासी जनजाती महासंघ,नेपालको संयोजकमा सुरेश आले मगर र सहसंयोजकमा शेरबहादुर तामाङ रहेका छन् । २६१ सदस्यीय केन्द्रीय समितिमा पार्टीका केन्द्रीय सदस्यदेखि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरु समेत रहेका छन् । कार्यक्रमको भिडियो हेर्ननभुल्नुहोला।https://youtu.be/1jcg0_3HMNw magaranepal channel like & subscribes गरेर सहयोग गरिदिनुहोला।


नेपाल आदिबासी जनजाती महासघ,नेपालआदिवासी जनजाती महासघ,नेपाल। नामवली हेर्नसक्नुहुन्छ।(1)

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar