नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु हुदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । भोलिदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डामा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अनौपचारिक छलफल भएको छ ।
सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्नेछन् । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी छ ।
यो पनि पढ्नुहोस।https://magaratnepal.com/?p=3746

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar