५ नम्बर प्रदेशको नामङ्कन ” मगरात ” सहितको गराउन पाँच दलको मगर संगठनको संयुक्त प्रेस बिज्ञप्ति

सुनिता सिंजाली काठमाण्डौं।
नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,प्राचिन मगर समुदायको,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चामा गोलवन्द सहित पहल र अाव्हान गरेको छ।संयुक्त मगर मञ्च नेपालले प्रदेश नं. ५ को नाम मगरात सहितको राख्न माग गरेको छ। मंगलबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मञ्चले यस्तो माग गरेको हो ।



‘पार्टीहरुको चुनावी घोषणपत्र बमोजिम हामीलाई दिएको लिखित/मौखिक प्रतिवद्धता बमोजिम अहिलेको ५ नम्बर प्रदेशको नामाकरण गर्दा खोला/नदिनाला/जंगलको नामबाट नगरी,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो उत्पीष्टि समुदाय मगरहरुको आदिम भूमि र आधुनिक नेपालको प्राचीन सभ्यता भएको हुनाले इतिहारको सम्मानार्थ पनि मगरात नामाकरण गर्न जोडदार माग गर्दछौं ।’
आफूहरुको उक्त माग वेवास्ता गरिए ‘सशक्त आन्दोलन गर्ने’ चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति राज्य सरकार र प्रमुख राजनीतिक पार्टीहरु जिम्मेवार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
‘हाम्रा यी न्यायोचित सवालको सम्बोधन नगरी बेवास्ता गर्ने काम गरियो भने यी सबै संघ/संस्थाहरु र मगरातवासी सबै जनताहरु सशक्त आन्दोलन गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जसबाट आइपर्ने सबैखाले समस्याको जवाफदेही स्वयं राज्य सरकार र प्रमुख राजनैतिक पार्टीहरु हुने समेत यसै प्रेस विज्ञपितमार्फन् सम्बन्धित सबैमा जानकारी गर्दछौं ।’
सो विज्ञप्तिमा संयुक्त मगर मञ्च नेपालका संयोजक तथा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका संयोजक भोजविक्रम बुढामगरको हस्ताक्षर छ ।
त्यस्तै नेपाली कांग्रेस सम्बद्ध नेपाल राष्ट्रिय मगर संघका सभापति ओम थापामगर, समाजवादी पार्टी सम्बद्ध समाजवादी मगर संघ, नेपालका अध्यक्ष वोम दर्लामीमगरको हस्ताक्षर छ ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध मगर हाङ परिषद्का कार्यवाहक अध्यक्ष डि.के. सूर्यवंशीमगर तथा क्रान्तिकारी माओवादी पार्टी सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका प्रतिनिधि कपिलबहादुर पुनमगरले पनि उक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
त्यसैले एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व रक्षाका निम्ति प्रदेश ५ लाई मगरात नामाकरण गर्न माग गरिएको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर ज्युको नेत्रित्वको टोलिले प्रदेश नंं ५ को नामाकरण मगरात हुनुपर्ने माग राख्दै नेपाल मगर संघले अधिराज्य चरणबद्धरुपमा विभिन्न कार्यक्रमहरु अन्तर्गत विभिन्न प्रदेश ,जिल्ला ,स्थानीय तहगत रुपमा मगरातको पक्षमा संकलन गरिएको पहिलो चरणको हस्ताक्षर जम्मा गरी २०७६ साल वैशाख २९ गते , नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाइसकेको जानकारी नेपाल मगर संघ प्र.नं. ५ मगरातको अध्यक्ष विमल सारु मगर ‘विष्फोर्ट’ ले जानकारी दिनुभएको छ। साथै हाल संयुक्त प्रेस बिज्ञप्ति कडा रुपमा आन्दोलन सहित अगाडी बड्ने सहित यस्तो छ।


Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar