एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व,पहिचानलाइ मेटाउन पाइदैन।


पुर्वी रुकुम ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती पुर्व रुकुम एेतिहासिक प्रथम जिल्ला अधिबेशन सु-सम्पन्न भएको छ । साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद पुर्वी रुकुम एेतिहासिक प्रथम जिल्ला अधिबेशन सु-सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथी:- नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले समुद्धाटन गर्नुभयो।मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण सम्बर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नारा साथ सु-सम्पन्न भएको थियो।त्यसैले एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व रक्षाका निम्ति प्रदेश ५ लाई मगरात नामाकरण गर्न रुकुमेली जनता लड्न तयर रहन निर्देशन दिनुभयो।नेपाल मगर संघ केन्द्रिय समिती अध्यक्ष एबम् अन्तराष्ट्रिय मगर महासंघ अन्तराष्ट्रिय समितीको अध्यक्ष ,नेपाल आदिवासी जनजाती महासंघको उपाध्यक्ष/प्रवक्ता :- नवीन रोका मगर ज्युले प्रमुख आतिथ्यको रुपमा सम्बोधन गर्दै भन्नुभयो मगर समुदायको पहिचानसंग जोडिएको ऐतिहासिक मगरात भूमि, मौलिक मगर भाषा–संस्कृति, भेषभूषा र रहनसहनको संरक्षण, सम्बर्द्धन मगर पहिचान स्थापित गर्न मगर समुदायको समग्र हक हित र एकताका लागि विश्व भरि स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका मगरहरु एकजुट भइ अगाडी बड्न निर्दौशन दिनुभएको छ।

नेपालमा बहसमा मगरहरुको मगरात राज्य इतिहास प्रसङ्ग इसाको एघारौं शताब्दीदेखि हो।आदिवासी, मुलवासी एसियाको पुरानो जाती मगर नै हो, मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। “इतिहास वर्तमानको गर्भ हो।नेपालको (मगरहरु)को इतिहास मगरात हो, मगरहरुले खोजेको मगरात हो। जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति त्यसैले मगरहरुले खोजेको मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।” नेपालको पुरानो नाम नै मगरात हो, मगरात भन्नु नेपाली माटोमै उत्पति भएका नेपाली शव्दहरु हुन्।मगर जात हो, मगरात मगरहरुको पहिचान हो। नेपालमा बोलिने सबै मातृभाषाहरु नेपालको राष्ट्रिय भाषाहरु हुन् भनेर संविधानमा हामीले नै धेरै पहिले बोलिसकेको अवस्थामा ती नामहरु चाँही जातीय भए भन्नु तर्कसंगत र न्यायसंगत हुँदैनन् बरु आफैमा पूर्वाग्रही देखिन्छन् । गण्डकी, नारायणी, कर्णाली भन्दा नेपाली हुने र नेपालकै अन्य जनसमुदायले बोल्ने भाषाका उन्का पहिचानका शव्द राख्दा जातीय र अनेपाली हुने सोच, चिन्तन आफैमा विभेदकारी मान्यतामा आधारित देखिन्छन् । यसबाट मुक्त नभई नयाँ नेपाल, साझा नेपाल, सबै समुदायको सहअस्तित्व सहितको नेपाल अर्थात् सबैको नेपाल बनाउन सम्भव हुँदैन । अरुको अस्तित्वलाई स्वीकार गरेर मात्र एक ठाउँमा बस्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दा मात्र हामी सबैको संघीय नेपाल बनाउन सक्छौं त्यस सम्पुर्ण मगरहरु एक भए लाग्न निर्देशन दिनुभयो।त्यसै गरि नेपाल मगर संघ प्र.नं.५ मगरातको अध्यक्ष विमल सारु मगरले सम्बोधन गर्दै भन्नुभयो नेपाल वहुजाती ,बहुभाषिक ,बहुसाँस्कृतिक देश ,यो कुनै जाति एक नेपालीको मात्र होइन ,सम्पर्ण आदिवासी जनजाती सवै नेपालिहरु साझा देश हो,मगर समुदायको ,भाषा,लिपी,सँस्कृती,परम्परा ईतिहास ,भुगोल सहित जोडिएको पहिचान अाधारित नाम हो मगरात। मगरात ऐतिहासिक पहिचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतिहासिक माग हो।”५ नम्बर प्रदेशको नााङ्कन मगरात पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउन सम्पुर्ण मगरहरु ,सबै पार्टी मोर्चा मगरहरु साझा मुद्धा मगरातमा एक हुन अपिल गर्नुभयो।


कार्यक्रममा विशिष्ट आतिथ्यको रुपमा नेपाल मगर संघ प्र.नं.५ मगरातको अध्यक्ष विमल सारु मगरले सम्बोधन गर्दै भन्नुभयो एेतिहासिक मानब पहिचानको आधार र बहुसंख्यक मगरहरुको मानबिय अस्तित्व रक्षाका निम्ति प्रदेश ५ लाई मगरात नामाकरण गर्न माग गरिएको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगर ज्युको नेत्रित्वको टोलिले प्रदेश नंं ५ को नामाकरण मगरात हुनुपर्ने माग राख्दै नेपाल मगर संघले अधिराज्य चरणबद्धरुपमा विभिन्न कार्यक्रमहरु अन्तर्गत विभिन्न प्रदेश ,जिल्ला ,स्थानीय तहगत रुपमा मगरातको पक्षमा संकलन गरिएको पहिलो चरणको हस्ताक्षर जम्मा गरी २०७६ साल वैशाख २९ गते , नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाइसकेका छौँ अब मगरातको आन्दोलनमा एकभएर अगाडि बड्नुको सबैमा अपिल गर्नभएको छ।नेपाल मगर युवा सघ केन्द्रिय अध्यक्ष जयप्रकास बुढा मगरले सम्बोधन गर्दै भन्नुभयो मगरात प्रदेश हाम्रो न्यायोचित सवालको सम्बोधन नगरी बेवास्ता गर्ने काम गरियो भने आदिवासी सबै संघ/संस्थाहरु र मगरातवासी सबै जनताहरु युवाहरु सशक्त आन्दोलन जाने उद्धोष गर्नुभयो।साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद पुर्वी रुकुमको अध्यक्षमा सविना वुढा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति पुर्वी रुकुमको अध्यक्षमा चन्द्रराज झाक्री मगर, नेपाल मगर सांस्कृतिक संघको अध्यक्षमा बिकास वुढा मगर र नेपाल आदिवासी जनजाति युवा महासंघ पुर्वी रुकुमको अध्यक्षमा दिलमान वुढा मगर लगायतको नेत्रित्वमा पदाधिकारी तथा सदस्य सबै निर्वाचित भएको छ।कार्यक्रममा आदिवासी एबम् मगरात ऐतिहासिक पहिचान सास्कृतीक झल्कने प्रस्तुत गर्नुभएको थियो भने पैसेरु नाच सबै नाचेर एैतिहासिक सम्मपन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति पूर्व रुकुमकी उपप्रमुख धन कुमारी पुन मगर, सिस्ने गाउपालिका उपाध्यक्ष गोवर्धन बुढा मगर, नेपाल मगर सास्कृतिक संघको कन्द्रिय सदस्य एबम् प्रदेश नम्बर ५ को इन्चार्ज नन्द घर्ति मगर लगायत सामाजिक राजनैतिक अभियान्ताहरु लगायत सबैको उपस्थित रहेको थियो।




WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar