ललितपुर। महाँकाल गा.पा.वडा नं.५ चन्दनपुरस्थित नमनडाँडामा श्री सरस्वती विद्याश्रम माविको वाग्मती प्रदेश सभाका सांसद लालकुमारी पुन”शुशिला”को प्रमुख आतिथ्यमा “४६ औं वार्षिकोत्सब,अभिभावक दिवस,विद्यालय भवन हस्तान्तरण,सामाजिक परिक्षण सार्वजनिकरण,शिक्षक विधाइ,स्वागत ,खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।महाँकाल गा.पा.वडा नं.५ चन्दनपुरस्थित नमनडाँडामा श्री सरस्वती विद्याश्रम मावि कार्यक्रमको प्रमुखअतिथीको रुपमा सम्बोधन गर्दै भन्नुभयो यस बिद्यालयले शिक्षित ब्यक्ती (विद्यार्थी) हरुमा परिश्रमी बनाउने, परिवार र समाज प्रति उतरदायी बनाउने, उत्पादनमा लाग्ने व्यक्ति तयार गर्ने, देशको निर्माण तथा विकासमा लाग्ने, देशका लागी विकासमा योगदान दिने नागरीक तयार पार्ने शिक्षा र दृढ इच्छा शक्ति र दरो राजनीतिक प्रतिवद्धताका साथ शिक्षा सहि शिक्षा विकासलाई एउटा अभियानकै रुपमा विकास गर्ने आबश्यक रहेको बताउनुभएको छ।
विद्यालयका सहायक प्रधानध्यापक कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला कार्यान्वयन इकाई ललितपुरको रु.६९ लाख ७४ हजारको लागतमा ४ कोठ्ठे पक्कि भवनको प्रमुख अतिथि एवं वाग्मती प्रदेश सभाका सांसद लालकुमारी पुनमगर ‘शुसिला’ ज्युले समुदघाटन गर्नुभएको छ।
विद्यालयका सहायक प्रधानध्यापक कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला कार्यान्वयन इकाई ललितपुरको रु.६९ लाख ७४ हजारको लागतमा ४ कोठ्ठे पक्कि भवनको प्रमुख अतिथि एवं वाग्मती प्रदेश सभाका लालकुमारी पुनमगर ‘शुसिल’ समुदघाटन गरेका थिए ।
उक्त कार्यक्रममा सो विद्यालयबाट अन्यत्रसरुवा हुनुभएका प्रा.शि.राजाराम गोले तामाङलाई विधाइ,अन्यत्र स्कुलबाट श्री सरस्वती विद्याश्रम माविमा सरुवा भएर आउनु भएका मा.शि.गणित विषय शिक्षक तपबहादुर रावल,प्रा.शि.एकराज हमाललाई माला,खादा,टीका लगाएर विद्यालय परिवारले स्वागत तथा विधाइसमेत गरेका थिए । कार्यक्रमको विशेष अतिथिहरु महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल,उपाध्यक्ष कमला तामाङ ,जिल्ला कार्यान्वयन इकाई ललितपुरका प्रमुख गुणराज पोखरेल, महाँकाल गा.पा.वडा नं.५ चन्दनपुरका वडाअध्यक्ष खोमप्रसाद दहाल,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,सल्लाहकारहरु,अभिभावक,शिक्षक,शिक्षिका,विद्यार्थीहरु,सरोकारवालाहरुको सहभागिता रहेका थिए ।वर्षभरि विद्यालयका अतिरिक्त क्रियाकलापहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित कार्यक्रममा पाहुनाहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
नमनडाँडामा श्री सरस्वती विद्याश्रम माविको ४६ औं वार्षिकोत्सब तथा भवन हस्तान्तरण प्रमुख अतिथीसांसद लालकुमारी पुन”शुशिला” ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!